site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उत्साहित घनश्याम, छविलाललाई आफ्नैको डर !
Ghorahi CementGhorahi Cement

बुटवल । एउटै पार्टीमा बसेर तीन दशकभन्दा बढी समय सहकार्य गरेका नेता हुन्, घनश्याम भुसाल र छविलाल विश्वकर्मा । विद्यार्थीकालदेखि राजनीतिमा होमिएका भुसाल नेकपा (एमाले)को उपमहासचिवसम्म चुनिए । एमालेको पछिल्लो महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित भए । विश्वकर्मा केन्द्रीय सचिवमा निर्वाचित भए ।

यी दुई नेताको सम्बन्ध सुमधुर छ । अहिलेसम्म एकार्काविरुद्ध आरोपमा उत्रिएका छैनन् । विश्वकर्मा खेलाडी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । उनी भलिबलका पूर्वखेलाडी हुन् । तीक्ष्ण क्षमताका भुसाल वामपन्थी वैचारिक नेता मानिन्छन् । यसअघिको एमाले महाधिवेशनले उनकै अगुवाइमा स्थापित नीति समेत पारित गरेको थियो ।

“दुर्भाग्य, नीति एउटाको नेतृत्व अर्कैको हुँदा लामो इतिहास बोकेको राम्रो र वामपन्थी पार्टी नीतिविनाको हुँदै गयो,” आइतबार रुपन्देहीको रोहिणीमा घरदैलोमा भेटिएका भुसालले भने ।

Agni Group

उनले झलनाथ खनाल पार्टी अध्यक्ष हुँदासम्म एमालेमा नीति र नेतृत्व ठिक भएको जिकिर गरे । केपी शर्मा ओली पार्टी अध्यक्ष भएपछि नीतिभन्दा नेतृत्व हावी हुँदा एमाले सही ट्रयाकमा हिँड्न नसकेको उनको भनाइ छ ।

एमाले परित्याग गरेका भुसाल रुपन्देही निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि स्वतन्त्र उमेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनमा आबद्ध दलहरूले समर्थन गरेका छन् । उनी त्रिभुज चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन् ।

Global Ime bank

भुसालसँग तीन दशक बढी सहकार्य गरेका एमाले सचिव विश्वकर्मा यही निर्वाचन क्षेत्रबाट उमेदवार छन् । भुसाल वैचारिक एवं मार्क्सवादका व्याख्याता समेत हुन् । मतदानको दिन नजिकिँदै गर्दा उनी उत्साहित छन् ।

भुसाल रुपन्देहीको तिलोत्तमा निवासी हुन् । विश्वकर्मा बुटवल उपमहानगरपालिका निवासी हुन् । ०७४ सालको निर्वाचनमा भुसाल रुपन्देही–३ बाट निर्वाचित भएका थिए । विश्वकर्मा रुपन्देही–१ बाट विजयी भएका थिए । त्यति बेला वाम गठबन्धन भएकाले उनीहरूले सहज जित निकालेका थिए ।

०३८ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका भुसाल पूर्वकृषिमन्त्री हुन् । विश्वकर्मा खेलाडी जीवनबाट ०४६ पछि एमालेमा लागेका नेता हुन् । उनी पनि कृषिमन्त्री भइसकेका छन् ।

०५३ मा एमालेका तत्कालीन सांसद धनपति उपाध्यायको निधनपछि भएको उपनिर्वाचनमा भुसाल भैरहवा क्षेत्रबाट निर्वाचित भएका थिए । विभिन्न आन्दोलनमा होमिएका बेला पटक–पटक गरी भुसालले दुई वर्ष पाँच महिना जेल जीवन बिताएका थिए ।

०७४ मा सहजै विजय भएका विश्वकर्मालाई योपटक भुसाल चुनौती बन्ने देखिन्छ । उनी ०७० मा यही क्षेत्रबाट पराजित भएका थिए ।

०७४ मा राप्रपाका नेता दीपक बोहरा र तत्कालीन एमाले नेता भुसालबीच रुपन्देही–३ मा प्रतिस्पर्धा भएको थियो । भुसाल वाम गठबन्धनका साझा उमेदवार थिए । बोहरालाई नेपाली कांग्रेसको समर्थन थियो । त्यति बेला भुसालले ३२ हजार ८६६ मत ल्याएका थिए । बोहराले २७ हजार ४२२ मत पाएका थिए ।

भुसालले ०७४ को निर्वाचनमै रुपन्देही–१ बाट प्रतिस्पर्धा गर्न चाहेका थिए । तर, टिकट पाएनन् । रुपन्देही–३ बाट उठे । अहिले पार्टी परित्याग गरेपछि रुपन्देही–१ बाट उमेदवार बनेका छन् ।

अंकगणित
गएको स्थानीय तह निर्वाचनमा पार्टीगत रूपमा वडाध्यक्षका उमेदवारहरूले पाएको मतलाई आधार मान्दा यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उमेदवारहरूले ३२ हजार ९९९, एमालेका वडाध्यक्षका उमेदवारहरूले ३० हजार ३९४, राप्रपाका वडाध्यक्षका उमेदवारहरूले १४ हजार ५५२, जनता समाजवादी पार्टी (जसपाका)का वडाध्यक्षका उमेदवारहरूले ६ हजार ६९५, नेकपा (माओवादी केन्द्र)का वडाध्यक्षका उमेदवारहरूले चार हजार २०२, नेकपा (एकीकृत समाजवादी)का वडाध्यक्षका उमेदवारहरूले एक हजार २४३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडाध्यक्षका उमेदवारहरूले ३२५ मत पाएका थिए । दुई गठबन्धनको मत छुट्टाछुट्टै जोड्दा क्षेत्रमा विश्वकर्मा बलियो देखिन्छन् ।

तर, पार्टी परित्याग गरेका कारण भुसालले एमालेकै केही मत आफ्नो पक्षमा पार्न सक्छन् । भुसालका सहयोगी मनोजकुमार रिजाल एमालेको आठ/१० हजार मत प्रभावित हुने जिकिर गर्छन् ।

“घनश्याम भनेको राजनीतिक इमान, वामपन्थी नीति र एउटा ब्रान्ड नै हो,” रिजालले भने, ‘उहाँले एमाले छाड्दाबित्तिकै धेरै मत प्रभावित हुने भएकाले सहजै जित निकाल्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।” गठबन्धनको साथ, एमालेको मत र भुसालको राजीतिक छवि हेरेर पनि जित सहज हुने उनीपक्षीय नेताहरूको भनाइ छ ।

विश्वकर्मा भने पार्टी नै मुख्य शक्ति भएको बताउँछन् । पार्टी छोडेर जानेलाई मतदान नगर्न आग्रह गर्छन् । पार्टीबाट टिकट नदिँदैमा छोड्नेलाई स्वतन्त्र मान्न नहुनेमा उनी जोड दिन्छन् ।

देवदह नगरपालिकासहित तिलोत्तमा नगरपालिकाका वडा नम्बर–७, ८, ९, १०, ११, १२, १५, १६ र १७, ओमसतिया गाउँपालिकाका १, ३, ४, ५, ६ र रोहिणी गाउँपालिका रुपन्देही क्षेत्र नम्बर–१ मा पर्छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १६:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC