site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चार नेताहरूको प्रतिस्पर्धा, शुक्ला सातौँपटक मैदानमा
Sarbottam CementSarbottam Cement

बुटवल ।  रूपन्देहीको दक्षिणी क्षेत्रमा रहेको क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि चार प्रभावशाली नेता मैदानमा छन् ।

दुई ठूला गठबन्धनसँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्ला सातौँ पटक निर्वाचन लड्दै छन् ।

२०४८ सालदेखि निरन्तर उमेदवार बन्दै आएका पूर्वमन्त्री शुक्ला यसअघि कांग्रेसका प्रमोद यादवसँग पराजित भएका थिए । यसअघि राजपाबाट चुनाव लडेका शुक्लालाई कांग्रेसमा नवप्रवेशी यादवले पराजित गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा पहिलो पार्टी नै लोसपा छ । यसकारण यहाँ लोसपाले दाबी नछोडेपछि कांग्रेससँग तालमेल हुन सकेन ।

अन्य क्षेत्रमा सत्तारुढ दलको लोसपासँग गठबन्धन भए पनि यहाँ भने लोसपाको एकल उमेदवारी छ । नेपाली कांग्रेसबाट उमेदवार बनेका यादवलाई सत्तारुढ दल माओवादी, नेकपा एस, जनमोर्चाको समर्थन छ । तर, स्थानीय तहको निर्वाचनमा ती दलहरूको जनमत कम छ ।

Global Ime bank

नेकपा एमाले, राप्रपा र जसपाबीचको तालमेलबाट यहाँ जसपाका युवा नेता ओमप्रकाश यादव (गुन्जारी) उमेदवार छन् । ओमप्रकाश एमालेबाट जसपा प्रवेश गरेर उमेदवार बनेका हुन् ।

२०७४ सालमा एमालेबाट उमेदवार हुँदा उनी तेस्रो बनेका थिए । यादवले स्थानीय, युवा र तीनदलको समर्थन भएकाले आफू बलियो भएको दाबी गर्छन् ।

पछिल्लोपटक मधेसमा प्रभाव विस्तार गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीबाट भोपेन्द्र यादव प्रतिनिधिसभामा उमेदार छन् । जनमत पार्टी पनि यो क्षेत्रमा एक्लै प्रतिस्पर्धामा छ ।

दलगत प्रभावभन्दा पनि यहाँ उमेदवारको व्यक्तिगत प्रभाव बढी भएकाले जित्दै आएको स्थानीयको विश्लेषण छ । रूपन्देहीको मर्चवारमा पर्ने यो क्षेत्रमा अहिले ४ पक्षीय प्रतिस्पर्धा हुने देखिन्छ ।

गत चुनावमा विजयी भएका प्रमोद यादवले ३१ हजार ७१८ र शुक्लाले २० हजार ४१६ मत प्राप्त गरेका थिए ।

प्रदेशसभा (१) मा कांग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका अजरत अलीले ४ हजार ६३६ मत पाएकी थिइन् ।

प्रदेशसभा (२) मा कांग्रेसका बसिउद्दिन खाँ १२ हजार ११३ मत प्राप्त गरेर विजयी भएका थिए ।  उनका निकटतम प्रतिद्वन्द्वी राजपाकै श्रीनिवास यादवले ३ हजार १२० मत प्राप्त गरेका थिए । कांग्रेसबाट ३ जना यसअघि जितेका उमेदवार मैदानमा छन् ।

कांग्रेसबाट प्रदेशसभाका उमेदवार तथा लुम्बिनी प्रदेशमा युवा तथा खेलकुदमन्त्री बसिउद्दिन खाँले मर्चवार क्षेत्रमा कांग्रेससँग कसैको प्रतिस्पर्धा हुन नसक्ने दाबी गर्छन् । “हामी तीनजना यसअघिको निर्वाचनमा भारी मतान्तरले निर्वाचित भएका थियौँ,” खाँले भने, “मर्चवारको मुहार फेर्ने गरी हामीले काम गरेका छौँ । जनताको सुखदुःखमा हामी सधैँ भेटिइरहन्छौँ । त्यसैले आउँदो चुनावमा पनि हामीलाई जनताको साथ र सहानुभूति हुन्छ ।” 

सत्ता गठबन्धन मर्चवार छोटी भन्सार सञ्चालनको पहल, प्राविधिक शिक्षा, सिँचाइ सुविधा विस्तार, रिङरोड निर्माण नदी कटानलगायत समस्या समाधान गर्ने मुद्दा लिएर चुनावी मैदानमा छ । जसपा नेता तथा उमेदवार ओमप्रकाश यादवले आफ्नो जितका लागि कुनै समस्या नभएको तर प्रतिस्पर्धामा लोसपा र कांग्रेसका उमेदवार रहेको बताए । “जसपा, एमाले र राप्रपाको पालिका चुनावमा आएको मत पूर्ण कार्यान्वन भए हामी सजिलै जित्छौँ । तर, अन्तिममा धेरै चलखेल हुनसक्छ । म यहाँको स्थानीय उमेदवार हुँ, सबैको दुःख सुखमा पुगेको छु,” उनले भने, “अरू उमेदवारहरू कोही आगन्तुक छन्, कोही यहाँ घर भए पनि बाहिर बसेर चुनावमा आउनेहरू छन्,” उनले भने ।

जसपा, राप्रपा र एमाले गठबन्धनबाट प्रदेशतर्फ ४ (१) मा एमालेका सुनील गिरी र ४(२) मा जसपाका अवतार यादव उमेदवार छन् ।

लोसपा क्षेत्रीय अध्यक्ष गणेश पाल यसपटक रूपन्देही–४ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवै लोसपाले जित्ने दाबी गर्दछन् । लोसपाबाट प्रदेशतर्फ ४(१) तर्फ कनैया बानिया र ४(२) तर्फ मोहनलाल यादव उमेदवार छन् ।

जनमत पार्टीबाट प्रदेशसभातर्फ ४(१) मा जितेन्द्रनाथ शुक्ला र ४(२) मा अर्जुन जैसवाल उमेदवार छन् ।
 
स्थानीय तहको मत

वैशाखमा भएको पालिका निर्वाचनमा रूपन्देही–४ मा लोसपा १६ हजार २२६, कांग्रेस १५ हजार ६२७, जनमत पार्टी ७ हजार ७३४, एमाले ७ हजार ६०५, जसपा ७ हजार ४९७, राप्रपा ५ हजार ६९९, माओवादी ३ हजार ८०२ र नेकपा (एकीकृत समाजवादी)ले १ हजार १६३ मत पाएका थिए ।

यो क्षेत्रमा कोटियामाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका–२, १२ र १३, मायादेवी गाउँपालिका–२, ३, ४, ५ र ६, समरीमाई गाउँपालिका र सियारी गाउँपालिका–५ र ६ पर्छन् । मर्चवार क्षेत्रलाई समेट्ने रूपन्देही–४ मा १ लाख १० हजार ६५९ मतदाता छन् । त्यसमध्ये गत ५ वर्षमा २० हजार ८२४ जना थपिएका हुन् ।
 
यस्तो छ मर्चवारको चुनावी इतिहास

मर्चवारमा २०४८ सालको आमचुनावमा नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता विजयी भएका थिए । तीन वर्षपछि २०५१ मा शुक्ला विजयी भए ।

उनी त्यसबेला राप्रपाबाट चुनाव लडेका थिए । पाँच वर्षपछि २०५६ सालमा सद्भावनाका यज्ञजित शाहले मर्चवारको प्रतिनिधित्व गरे ।

मधेस विद्रोहपछि २०६४ सालको संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका ओमप्रकाश यादव विजयी बने ।

२०७० सालको संविधानसभाको दोस्रो चुनावमा १९ वर्षअघि चुनाव जितेका शुक्ला तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)बाट विजयी बने । संविधान निर्माणपछि २०७४ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका प्रमोद यादव विजयी भएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०९:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC