site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कपिलवस्तु–२ मा तीन पूर्वमन्त्रीको भिडन्त, पाँचौपटक सांसदको दौडमा वृजेश
Sarbottam CementSarbottam Cement

बुटवल । कपिलवस्तुबाट लगातार चारपटक चुनाव जितेका वृजेशकुमार गुप्ता क्षेत्र नम्बर २ बाट पाँचौपटकको संसद् यात्राका लागि मैदानमा छन् । यसअघि अन्य पार्टीबाट जितेका उनी अहिले ठुलो दलबल लिएर एमालेमा गएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका गुप्तालाई पराजित गर्न सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पूर्व सिँचाइँ राज्यमन्त्री सुरेन्द्रराज आचार्य मैदानमा छन् । त्यसो त गुप्ता र आचार्य पुरानै प्रतिद्वन्द्वी हुन् । ०७४ सालमा गुप्ताले आचार्यलाई सोही क्षेत्रबाट पराजित गरेका थिए ।

०५६ सालदेखि संसद् यात्रामा रहेका गुप्ताले हरेक पटकको निर्वाचनमा पार्टी फेर्दै चुनाव लड्दै आएको आरोप खेपिरहेका छन् । ०५६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट राजनीतिक यात्रा सुरु गरेका गुप्ताले तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) हुँदै अघिल्लो निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहबाट चुनाव जितेका थिए । ०६४ र ०७० का दुई संविधानसभा निर्वाचन गुप्ताले तमलोपाबाट जितेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

कपिलवस्तु–२ गुप्ताको राम्रो पकड भएको क्षेत्र मानिन्छ । जुन दलबाट उठेपनि चुनाव जित्दै आएकाले पनि उनको प्रभाव देखिन्छ । साथै उनका बुवा भगवानदास गुप्ता जिल्लामा समाजसेवासँगै राजनीतिमा जोडिएकाले पनि उनलाई सहज भएको हो । नेपाल विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको जागिर छाडेर राजनीतिमा होमिएका गुप्ताले निरन्तर सफलता पाइरहेका छन् ।

एमाले कपिलवस्तुका अध्यक्ष डम्बर शर्माले वृजेशको जितलाई कसैले रोक्न नसक्ने बताउँछन् । "यस क्षेत्रमा कांग्रेस र एमालेको प्रभाव हाराहारी जस्तै छ," अध्यक्ष शर्माले, "त्यसमाथि वृजेशजीको व्यक्तिगत प्रभाव धेरै राम्रो छ । अनि जसपा र राप्रपा गर्दा हामी धे रै मतका साथ जित्छौँ ।" 

Global Ime bank

०७४ मा एमालेको साथमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट निर्वाचित गुप्तासँग तीन हजार ५८१ मतले पराजित भएका कांग्रेस नेता आचार्यले यसपटक आफूले सजिलै चुनाव जित्ने दाबी गर्छन् । गुप्ताले ३५ हजार १२७ मत ल्याउँदा प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५६६ मत पाएका थिए ।

आचार्य ०७० को दोस्रो संविधानसभाको सदस्य पदमा निर्वाचित भई तीन महिना सिँचाइँ राज्यमन्त्री बनेका थिए । दुई कार्यकाल कांग्रेसको जिल्ला सभापति भएका आचार्य हाल प्रदेशका महामन्त्री हुन् ।

गुप्ता र आचार्यसँगै पूर्वकृषि तथा सहकारीमन्त्री अकवाल अहमद शाह पनि चुनावी प्रतिस्पर्धामा छन् । शाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उमेदवार हुन् । यहाँ अहिले तीन पूर्वमन्त्रीहरू, गुप्ता, आचार्य र शाहबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

समानुपातिकबाट संविधानसभा सदस्य भएका शाह, गुप्ता र आचार्यबीचको त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । तर अहिलेसम्मको गठबन्धनको अवस्था हेर्दा गुप्ता र आचार्यबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

लोसपा नेता शाह यसपटक जनताले २५ वर्षदेखि एउटै व्यक्तिले ओगट्दै आएको क्षेत्रमा परिवर्तन चाहेको बताउँछन् । शाहले भने, "पदमा बस्ने काम गने नेतालाई परिवर्तन चाहेका छन्, परिवर्तन र नयाँ पुस्ताको बाटो खोल्न चाहन्छु । त्यो कुरा जनताले बुझेका छन् । जिल्लाको विकासमा मेरो योगदान धेरै छ ।"

जनतामाझ जान डराएकाले आफ्ना प्रतिस्पर्धीहरू गठबन्धनको साहरामा चुनावमा आएको उनको भनाए छ । लोसपाको केन्द्रीय कार्यकारी सदस्य रहेका शाह ०७४ मा तत्कालीन राजपाबाट समानुपातिक सूची थिए । तर, उनी सांसद बन्न सकेनन् । ०५६ मा राप्रपा र ०५१ मा एमालेबाट उमेदवार भएपनि उनी पराजित भएका थिए ।

यस्तो छ स्थानीय तहको जनमत
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेस ३० हजार ९९८ मतसहित अगाडि छन् । एमालेको २७ हजार २९८, जसपाको ६ हजार ९०८, लोसपाको ६ हजार ३८६, माओवादी केन्द्रको चार हजार ४५९, राप्रपाको दुई हजार ३५ र एकीकृत समाजवादीको ६९१ मत छ ।

गठबन्धनमा रहेका दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको मत जोड्दा ३६ हजार १४८ हुन्छ । अर्को गठबन्धनमा रहेका एमाले, जसपा, राप्रपाको मत जोड्दा ३६ हजार २४१ हुन्छ ।

कपिलवस्तु–२ मा ३४ वटा वडाहरू पर्छन् । कपिलवस्तु नगरपालिकाका ८, यशोधरा गाउँपालिकाका ७, महाराजगञ्ज नगरपालिकाका ८ र बुद्धभूमि नगरपालिका १० वटा यस क्षेत्रमा पर्छन् । ०७० सालसम्म कपिलवस्तुमा प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र थिए । अहिले तीनवटा मात्र छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC