देश

काठमाडौं । सुदूरपश्चिममा दोस्रो भूकम्पको धक्का महसुस गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज नजिक केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पहिलो भूकम्प गएको ५० मिनेटपछि दोस्रो धक्का महसुस गरिएको हो । दोस्रो भूकम्प मंगलबार राति ९:५६ बजे गएको केन्द्रले जनाएको छ । पहिलो धक्का ९ बजेर ७ मिनेट जाँदा ५.७ म्याग्निच्युडको महसुस गरिएको थियो ।
भूकम्पको धक्का सुदूरपश्चिमसहित कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा महसुस गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ २२:५३
प्रतिक्रिया दिनुहोस्