site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
चितवनमा प्रचण्डको ‘लिगेसी’ कायम राख्छु, बालेनलेजस्तै सन्देश दिँदैछु 

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा चितवन ३ मा डा. भोजराज अधिकारीलाई अघि सारेर आफू गोरखा २ नम्बर क्षेत्रमा चुनावी दौडमा लागे ।

कतिपयले प्रचण्डले गरेको यसप्रकारको ‘मुभ’को विरोध गरेका छन् भने कतिपयले सहजरुपमा लिएका छन् ।

प्रचण्डले यसअघिको आफ्नो क्षेत्रमा अघि सारेका डा. अधिकारी १७ वर्षदेखि चिकित्सा क्षेत्रमा क्रियाशील व्यक्तित्व हुन् ।

उनै अधिकारीले बाह्रखरीसँगको कुराकानीमा आफूले प्रत्येक चार मतदातामध्ये एक जनाको कुनै न कुनै समयमा उपचार गरेको बताउँछन् ।

प्रचण्डको लिगेसी राख्न आफ्नो उमेदवारी रहेको बताउँदै चितवन ३ का जनतालाई आफूले कहिल्यै पनि धोका नदिने उनको धारणा छ ।

प्रस्तुत छ, उनै डा. अधिकारीसँग बाह्रखरीका बलराम पाण्डेले गरेको कुराकानी :

 

कुराकानीका क्रममा व्यक्त धारणाको सम्पादित अंश :


–बिरामी हेरिरहेका बेला मलाई अध्यक्ष प्रचण्डले नै फोन गरेर म गोरखा जाने निर्णय लिएँ तपाईँ निर्वाचनका लागि तयार रहनुस् भन्नुभयो ।

–प्रचण्डको स्टान्डर्ड र लिगेसी मिट हुने उमेदवार चाहिएकाले मलाई अघि बढाइएको हो ।

–समाजमा फरक सन्देश दिने र दलीय व्यवस्थाको सम्मान गर्ने उमेदवार खोजिएको थियो ।

–म पार्टीको पछाडि बसेर काम गरेको थिएँ । जनताले हेर्दा बालेन टाइपको सेन्टिमेन्ट खोजिएको थियो । 

–म तयार छैन भन्दा उहाँले यो अवसर २०औँ वर्ष नआउन सक्छ भन्नुभयो । गोरेटोमा हुनुहुन्छ राजमार्गमा निस्कनुहुन्छ भन्नुभयो ।

–उहाँको कुरा सुनेपछि निर्णय गरेको हुँ ।

–मेरो कुरा आउनासाथ सामाजिक सञ्जालमा पनि सकारात्मक सन्देश गयो ।

–यो मेरो सकारात्मक दुर्घटना हो । 

–अध्यक्ष प्रचण्ड उठ्ने भन्दै गर्दा र उहाँ गोरखा गएपछिको अवस्था हेर्दा मेरो मनोबल बढेको छ ।

–एमालेको समर्थन भन्नुभएको छ तर उमेदवारहरुले कसलाई लिएर हिँड्ने भन्नेमा द्विविधामा हुनुहुन्छ ।

–विक्रम पाण्डेले पहिला जति मत ल्याउनुभयो त्यो गठबन्धनबाट आएको हो ।

–१७ वर्ष जनतासँगै छु । मलाई गैरराजनीतिक अनुहारका रुपमा पनि हेर्छन् ।

–मेरो प्रतिष्पर्धी खासै देख्दिनँ । तर विक्रम पाण्डे हुन सक्नुहुन्छ ।

–घरदैलोमा जाँदा जे सोचेको थिएँ त्यही पाएँ ।

–जनताकहाँ जाँदा मैले ठूला सपना देखाएको छैन ।

–मैले ६ वटा एजेन्डा लिएर हिँडेको छु । म अब नीति बनाउने ठाउँमा पुग्दैछु ।

–मतदाता मप्रति सकारात्मक हुनुहुन्छ ।

–प्रत्येक चार जनामा एकजना मैले विगतमा हेरेका बिरामी हुनुहुन्छ ।

–मलाई चार कारणले मत दिनुहुन्छ । मैले युवा हुँ, वैज्ञानिक सोच भएको, आईटीसँग अपडेट भएको, जनजीविका र बौद्धिक व्यक्तित्वको प्रतिनिधित्व गर्छु ।

–विकासलाई राजनीतिकरण होइन, राजनीतिको विकासका लागि मेरो उमेदवारी हो ।

–एमालेका कार्यकर्ताले पनि मलाई मत दिनुहुन्छ । म अर्कोतर्फ माओवादी र कांग्रेससहित गठबन्धनको उमेदवार हुँ ।

–मैले चुनाव जितेपछि मैले आफ्नो स्थान त खोज्छु नै ।

–म चुनावमा प्रतिष्पर्धा गरेको जित्नकै लागि हो । राजनीति कहिलेकाहिँ त्यागका लागिमात्रै हुन्छ तर चुनाव त्यस्तो हुँदैन जित्नकै लागि आएको हुँ ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro