site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हुम्ला र मनाङमा नमूना मतदान
फाइल तस्बिर।
Siddhartha BankSiddhartha Bank

सिमकोट । आसन्न निर्वाचनमा बदर मत न्यूनीकरण गर्ने उद्देश्यले हुम्ला र मनाङमा नमूना मतदान गरिएको छ । 

सात वटा गाउँपालिका रहेको हुम्लामा शुक्रबार नाम्खा गाउँपालिकाबाट नमूना मतदान सुरु भएको थियो । निर्वाचन कार्यालयका अनुसार अन्य पालिकामा नमूना मतदान अहिले जारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा कात्तिक २० गते र खार्पुनाथ गाउँपालिकामा आज नमूना मतदान भएको हो । खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङ्चुमा नमूना मतदानमा कुल ३१ मत खसेकोमा ३० मत सदर र एक मत बदर भएको थियो । 

सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा कात्तिक २५ गते, चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङमा २७ गते, सिमकोट गाउँपालिकाको सिमकोटमा २८ गते, अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा कात्तिक २९ गते र ताँजाकोट गाउँपालिकाको केन्द्र छप्रेलामा कात्तिक ३० गते नमूना मतदान हुनेछ ।

Global Ime bank

त्यसैगरी, अर्को हिमाली जिल्ला मनाङमा पनि नमूना मतदान सञ्चालन गरिएको छ । आज जिल्लाका चारवटै पालिकामा नमूना मतदानको अभ्यास गरिएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । 

“स्थानीय तह निर्वाचनमा बदर मत बढी भएकाले यसपटक बदर त न्यूनीकरणका लागि नमूना मतदान गरिएको हो,” उनले भने ।

निर्वाचन कार्यालय मनाङका अनुसार आज सदरमुकामस्थित चामे गाउँपालिका कार्यालय प्राङ्गणमा नमूना भएको छ भने यसअघि नासों, मनाङ ङिस्याङ, र नार्पाभूमि गाउँपालिकामा नमूना मतदान भइसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १७:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement