देश
काठमाडौं । आउँदो मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरूले अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी चलाउनु रहेको निष्कर्ष निकाल्दै यस्तो नियम ल्याउन लागिएको हो ।
मापसे गरी सवारी चलाउने, लेन नियम उल्लंघन गर्ने र रातो बत्ती क्रस गरेमा अहिले अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने व्यवस्था छ । ट्राफिक कार्यालयका अनुसार मंसिर १५ देखि तीव्र गतिमा सवारीसाधन चलाउनेले पनि अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्नेछ ।
सचेतना कक्षा एक घण्टाको हुनेछ । आवश्यकताअनुसार त्यस्ता सवारी चालकलाई जरिवाना पनि तिराइने जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९ १६:१२
प्रतिक्रिया दिनुहोस्