site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

दाङ । दाङको घोराहीमा श्रीमतीको हत्यापछि उनका श्रीमानले आत्महत्या गरेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफूले आत्महत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार बेलुका उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमती निरुले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउन भनेर पुर्‍याएकी थिइन् ।

सम्बन्धित डाक्टरले शुक्रबार बिहान ८ बजेको समय उनीहरूका लागि छुट्याएका थिए । त्यसरात निरुको आग्रहमा नवीन घोराही– १५ स्थित फूपुको घरमा बसेका थिए ।

Global Ime bank

पाहुना पर्न गएका निरु र नवीनलाई आफन्तले एकै घरको दुई कोठा बास बस्नका लागि दिएका थिए ।

शुक्रबार बिहान ढोका नखुलेपछि खोलेर हेर्दा निरुको शव एउटा कोठामा र नवीनको शव अर्काे कोठामा झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको डीएसपी गौतमले बताए ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेपछि श्रीमान आफू छुट्टै कोठामा गएर आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement