site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि खोली प्रहार भएको छ । भीडमा भएको गोलाबारीपछि खान घाइते भएका बीबीसीले लेखेको छ । 

‘आजादी मार्च’ र्यालीका क्रममा खानमाथि आक्रमण भएको हो । भीडबीच भएको गोलाबारीमा खानसहित थप केही व्यक्ति घाइते भएका बताइएको छ । 

७० वर्षीय खानले तत्काल निर्वाचनको माग गर्दै राजधानी इस्लामावादमा जुलुसको नेतृत्व गरिरहेका थिए ।

एक वरिष्ठ सहयोगीले एएफपी समाचार एजेन्सीलाई भने, “यो उनलाई मार्ने प्रयास थियो, उनको हत्या गर्ने प्रयास थियो ।”

खानलाई उपचारका लागि घटनास्थलनजिकैको अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको बताइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १७, २०७९  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro