site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साग र राष्ट्रिय खेलकुदमा स्वर्णधारी संगीता घर खर्च धान्न म्यादी प्रहरीमा भर्ना

डडेलधुरा । पोखरामा हालै सम्पन्न ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीतर्फ कञ्चनपुरका पाँच महिला खेलाडीले सुदूरपश्चिमलाई स्वर्ण पदक दिलाए । तिनैमध्येकी एक थिइन्, संगीता धामी ।

उनले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि स्वर्ण पदक जितेकी थिइन् । यति मात्रै होइन, धामीले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पनि नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

तिनै धामी अहिले म्यादी प्रहरीमा भर्ना भएकी छिन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि धामी म्यादी प्रहरीमा भर्ना भएकी हुन् ।

खेलकुदबाट आफ्नो प्रदेश र देश चिनाउन सफल धामीलाई म्यादी प्रहरीमा भर्ना हुने रहर भने थिएन । परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि घर खर्च धान्नका लागि म्यादी प्रहरीमा भर्ना भएको धामी बताउँछन् ।

"अन्तर्राष्ट्रिय खेलाडी भएर ४० दिने जागिर खाने रहर त कसलाई हुन्छ र ?," धामीले भनिन्, "तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पनि यहाँ दैनिकी चलाउन मुस्किल छ । बाध्य भएर म्यादी प्रहरीमा भर्ना भएकी हुँ ।"

९ औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुस्तीतर्फ सुदूरपश्चिमलाई पाँच स्वर्ण जिताउन सफल प्रशिक्षक राजेन्द्र चन्दले खेलाडीको आर्थिक अवस्था निकै कमजोर हुँदा घर खर्च धान्न पनि मुस्किल भएको बताए ।

"धामीले कलिलो उमेरमै राष्ट्रिय खेलकुदमा मात्रै होइन साउथ एसियनमा पनि स्वर्ण पदक जितेकी छिन्," उनले भने, "तर, राज्यले खेलाडीको आर्थिक अवस्थाबारे चाँसो नदिँदा समस्या भएको छ । धामीसँगै अन्य राष्ट्रिय खेलाडी पनि अहिले म्यादी प्रहरीमा भर्ना छन् ।"

चन्दका अनुसार धामीका बुवाले दोस्रो विवाह गरेपछि उनकी आमाले भैँसी पालेर घर व्यवस्था चलाइरहेकी छन् । ९ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनुमति दिएपछि उनी पोखरा गएकी थिइन् । 

प्रशिक्षक चन्दका अनुसार देशका गहनाका रूपमा हेरिएका खेलाडीको भविष्यबारे राज्य गम्भीर नहुँदा समस्या भएको छ । "९ औँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमले १० स्वर्ण पदक जितेको थियो," उनले भने, "१० मध्ये ५ स्वर्ण कुस्तीका महिला खेलाडीले दिलाएका थिए । तर, ती खेलाडीको अहिले पनि बेवास्ता छ ।"

उनले खेलाडीको रोजगारको व्यवस्था राज्यले गर्नुपर्नेमा जोड दिए । प्रशिक्षक चन्दका अनुसार ९ औँ राष्ट्रिय खेलकुदमै कुस्तीमा स्वर्ण जितेकी खेलाडी हेमा भट्ट पनि अहिले म्यादी प्रहरीमा भर्ना छिन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro