काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा शुक्रबार तय भएको आयरल्यान्ड र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा हुने तय भए पनि वर्षाका कारण खेल टससमेत नभएर रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।
सुपर–१२ समूह–१ मा रहेको आयरल्यान्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको अफगानिस्तान तालिकाको पुछारमा छ । समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।
वर्षाका कारण टससमेत नभई रद्द भएको यो दोस्रो खेल हो । यसअघि बुधबार हुने भनिएको अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल पनि वर्षाका कारण टससमेत नभई रद्द भएको थियो ।
त्यसअघि, सोमबार जिम्बाब्वे र दक्षिण अफ्रिकाबीचको खेल पनि वर्षाका कारण बीचमा रद्द हुँदा बुधबार आयरल्यान्डले इङ्ल्यान्डलाई डी/एल पद्धतिअनुसार पाँच रनले पराजित गरेको थियो ।
आजै हुने दोस्रो खेलमा साविक विजेता अस्ट्रेलिया र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । मेलबर्न क्रिकेट मैदानमै हुने यो खेल दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ ।