काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्वेबीचको खेल वर्षाका कारण ९ ओभरमा घटाइएको छ ।
सोमबार होबर्टस्थित बेल्लेरिभ क्रिकेट रंगशालामा टस जितेर जिम्बाब्वेले ब्याटिङ गर्ने निर्णय गरेपनि वर्षाका कारण दिउँसो ०१:४५ बजेदेखि सुरु हुने भनिएको खेल अवरुद्ध बनेको थियो ।
वर्षाका कारण ९ ओभरमा घटाइएको खेलको पावर प्ले तीन ओभरको हुनेछ ।
समूह-२ मा रहेका दुवै टिमको सुपर-१२ मा पहिलो खेल हो ।
यी दुई टिम दोस्रोपटक ट्वान्टी-२० विश्वकपमा खेल्न लागेका हुन् । यसअघि सन् २०१२ मा भएको खेलमा दक्षिण अफ्रिकाले जिम्बाब्वेमाथि १० विकेटको सहज जित निकालेको थियो ।
आजै भएको पहिलो खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले पराजित गरेको थियो ।