site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भट्ट भन्छन्– मैले जितेको र देउवाले हारेको भए राष्ट्रको दुर्भाग्य हुने थियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

डडेलधुरा । नेकपा (माओवादी केन्द्र)का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले तीनपटक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध चुनाव लडे । उनले ०६४, ०७० र ०७४ सालमा देउवाविरुद्ध डडेलधुरामा प्रतिस्पर्धा गरे । हारे । भट्ट अहिले देउवाले नै नेतृत्व गरेको सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका छन् ।

भट्टको घर डडेलधुराको प्रदेश निर्वाचन क्षेत्र ‘ख’मा छ । तर, उनी प्रदेश ‘क’बाट उमेदवार छन् । उनी अहिले आफ्ना हरेक भाषणमा कांग्रेस र प्रधानमन्त्री देउवाको प्रशंसा गर्छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

शनिबार जिल्ला सदरमुकाम अमरगढीमा आयोजित गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रममा पनि भट्टले अधिकांश समय देउवाको चर्चा गरे । देउवासित तीनपटकको आफ्नो हार राष्ट्रका लागि उपयुक्त भएको उनले बताए ।

“त्यति बेला मैले जितेको भए र शेरबहादुरले हारेको भए यो राष्ट्रको दुर्भाग्यको सुरुवात हुने थियो,” भट्टले भने, “शेरबहादुरले जित्ने र मैले हार्ने कुरा वास्तवमा ठिक भएको रहेछ । उहाँले देश र संविधान बचाउनका लागि असाधारण र अविस्मरणीय भूमिका खेल्नुभएको छ ।”

Royal Enfield Island Ad

उनले अहिलेको सत्ता गठबन्धन ‘राजनेता’बाट बनाइएको जिकिर गरे । “राजनीतिको जहाजलाई कुशलतापूर्वक डुलाएर गन्तव्यमा पुर्‍याउने राजनेता हो,” उनले भने, “यो गठबन्धन त्यस्तै राजनेताबाट बनाइएको हो । ती नेताहरूले देशलाई पटक–पटक ठूलो संकटबाट बचाएका छन् ।”

माओवादी केन्द्रका नेता उनले कांग्रेस धेरै लामो र पाको इतिहास भएको पार्टी रहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले सातौँपटक चुनावी मैदानमा रहेका देउवाले सबैभन्दा बढी मतान्तरले जित्ने निश्चित भएको जिकिर गरे । “डडेल्धुराबाट प्रधानमन्त्रीज्यू देशभरिमै सबैभन्दा बढी मतान्तरले जित्नुहुन्छ,” साउदले भने ।

प्रधानमन्त्री देउवाले डडेलधुराका लागि मात्र नभई देशकै लागि ठूलो योगदान गरेको उनको भनाइ थियो । “उहाँको राजनेताकै छवि स्थापित भएको छ,” उनले भने, “उहाँको विपक्षमा बलियो कुनै पनि राष्ट्रिय राजनीतिक पार्टीले उमेदवारी दिनुभएको छैन । केही साना पार्टी, नयाँ खुलेका पार्टी र स्वतन्त्रले मात्रै उमेदवारी दिनुभएको छ । उहाँ सबै दलबाट स्वीकृतिप्राप्त हुनुहुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ६, २०७९  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro