देश
काठमाडौं । नेपालमा यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णाय समितिले बुधबार भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिले भने असोज ३१ गते नै विश्वका विभिन्न भूभागको भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको थियो । समितिले विश्वका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।
साथै समितिले भाइटीकाको दिन जुनसुकै समयमा लगाउन सकिने जनाएको छ । सबैभन्दा उत्तम साइतबारे मात्र जानकारी गराइएको समितिले जनाएको छ ।
भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९ १९:४१
प्रतिक्रिया दिनुहोस्