site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रुसी अधिकारीसहित हजारौँ सर्वसाधारणले युक्रेनी सहर छाेड्न थाले 
Siddhartha BankSiddhartha Bank

किभ । युक्रेनको दक्षिणी खेर्सोन क्षेत्रमा युक्रेनी फौजबाट प्रत्याक्रमण गर्न लागेको भन्दै त्यहाँका हजारौँ सर्वसाधारण र रुसद्वारा नियुक्त गरिएका अधिकारीहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । 

रुसद्वारा नियुक्त स्थानीय नेताले यसबारे जानकारी दिएका हुन् । 

Agni Group
NIC Asia

नेता भ्लादिमिर साल्दोले निएपर नदीको पश्चिम किनारमा रहेका चारवटा सहरका ५० देखि ६० हजार सर्वसाधारणले विस्तारै संगठित रूपमा घर छाड्ने जानकारी दिएका छन् । खेर्सोन सहरका सम्पूर्ण विभागमा रुसबाट नियुक्त गरिएका अधिकारीहरूले पनि नदी पार गर्ने बताइएको छ ।

रुसी टेलिभिजन फुटेजमा थुप्रै मानिस निएपर नदी नजिक जम्मा भएको देखिन्छ । उनीहरू डुंगाको पखाईमा लामबद्ध बसेका छन् । 

Global Ime bank

भूमि कब्जा गर्ने शक्तिले अधिनस्थ क्षेत्रका सर्वसाधारणलाई अन्यत्र पठाउनुलाई युद्ध अपराध मानिन्छ । युक्रेनी राष्ट्रिपतिका सल्लाहकार मिखाइलो पादोल्याकले रुसले खेर्सोन कब्जा गरेर खुसीयाली मनाएको एक महिना पनि नभएको बताएका छन् । 

सोमबार राति युक्रेनस्थित रुसका नयाँ सैनिक कमान्डर जनरल सर्गेइ सुरोभिकिनले क्षेत्रीय राजधानी खेर्सोन सहरको स्थिति जटिल रहेको बताएका थिए ।

त्यसैगरी रुसद्वारा नियुक्त अधिकारी किरिल स्ट्रमोउसोभले युक्रेनी फौजले निकट भविष्यमा नै खेर्सोनमा आक्रमण गर्न लागेको चेतावनी त्यहाँका बासिन्दालाई दिएका छन् । 

बीबीसीबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय