site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिनिधिसभा र प्रदेशसभातर्फ खस आर्य उम्मेदवारको बाहुल्य
प्रतीकात्मक तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उमेदवारको बाहुल्य देखिएको छ ।

प्रतिनिधिसभातर्फ कुल दुई हजार ४१२ उमेदवारमध्ये खस आर्य समूहमा सबैभन्दा बढी एक हजार १७ जनाको उमेदवारी कायम भएको निर्वाचन आयोगको तथ्यांक छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

आदिवासी जनजाति समूहमा ६४१, मधेसी समूहतर्फ ५०६, दलिततर्फ ९७, मुस्लिमतर्फ ८२ र थारु समूहतर्फ ६९ जनाको उमेदवारी कायम भएको छ ।

311460266_2179773945547320_8483139715545277681_n1665847520.jpg

Royal Enfield Island Ad

प्रदेशसभातर्फ पनि खसआर्य समूहका उमेदवार बढी देखिएका छन् । खसआर्यतर्फ एक हजार ५५ जनाको उमेदवारी कायम भएको छ । प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन हजार २२४ जनाको उमेदवारी दर्ता भएको छ ।

प्रदेशसभातर्फ ९०६ आदिवासी जनजाति, ८७४ मधेसी, १४५ मुस्लिम, १४४ दलित र १०० जना थारु समूहतर्फ उमेदवारी कायम भएको छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि यही असोज २३ गते देशभर उमेदवारको मनोनयनपत्र दर्ता गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  २१:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro