site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्ण मल्ललाई प्रश्न– डडेलधुराका मतदाता देवतुल्य कि पैसामा बिक्ने ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

डडेलधुरा । स्थानीय तह निर्वाचनको सम्मुखमा गएको वैशाख २७ गते कर्ण मल्लले डडेलधुराका मतदाता किन्न करोडौँ रुपैयाँ ल्याइएको दाबी गरे । सो समयमा उनी नेपाली कांग्रेसबाट निष्कासित भएर नेपाली कांग्रेस (बीपी)मार्फत चुनावी अभियान सञ्चालन गरिरहेका थिए ।

“यहाँका मतदातालाई पैसामा किन्नका लागि वाग्मती अञ्चलको गाडीमा करोडौँ रुपैयाँ ल्याइएको छ,” गाडी नम्बर नै उल्लेख गरेर उनले भनेका थिए ।

वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा कांग्रेस डडेलधुराका सातमध्ये पाँच तहमा विजयी भयो । नेकपा (माओवादी केन्द्र)ले दुई तह जित्यो । मल्लले नेतृत्व गरेको कांग्रेस (बीपी)ले कुनै पालिका जित्न सकेन ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

निर्वाचनमा पराजित भएपछि पनि उनले करोडौँमा मतदाता किनेर कांग्रेस विजयी भएको आरोप लगाए ।

कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति मल्लले आफ्नो भाषणमा नछुटाउने अर्को वाक्य ‘डडेलधुराका देवतुल्य मतदाता’ पनि हो ।

Royal Enfield Island Ad

शनिबार जिल्ला सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा पनि डडेलधुराबाट प्रतिनिधिसभातर्फ उमेदवार बनेका मल्लले उक्त वाक्य छुटाएनन् । “यसपटक परिवर्तनका लागि डडेलधुराका देवतुल्य मतदाताले साथ दिनेमा विश्वस्त छु,” उनले भने ।

उनले पटक–पटक डडेल्धुराका मतदाता देवतुल्य रहेको बताएका छन् । त्योभन्दा बढीपटक पैसामा बिकेर भोट दिएको भाषण गरेका छन् ।

डडेलधुराका मतदाता देवतुल्य कि पैसामा बिक्ने भन्ने जिज्ञासामा उनले भने, ‘मेरो भावबाट देवतुल्य हुन् । तर, पैसा बाँड्ने व्यक्तिविरुद्ध सचेतना जगाउन भने आवश्यक छ । सोही कर्तव्यअन्तर्गत पनि हाम्रो उमेदवारी हो ।”

पत्रकार सम्मेलनमा अधिकांश समय उनी प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवामाथि खनिएका थिए । उनको उमेदवारी देउवाविरुद्ध नै हो ।

“६ पटक निर्वाचित गरेर पनि आश्वासनबाहेक केही पनि पाइएको छैन,” उनले भने, “सातौँपटक मत नदिएर स–सम्मान बिदाइ गर्न आवश्यक छ ।”

तालमेल
प्रदेशसभातर्फ डडेलधुरा ‘ख’का स्वतन्त्र उमेदवार डा. तारा जोशी र कांग्रेस (बीपी)बीच चुनावी तालमेल हुने भएको छ । प्रतिनिधिसभातर्फ मल्ल र प्रदेशसभातर्फ जोशीलाई समर्थन गर्ने गरी तालमेलको निर्णय गरिएको हो ।

उक्त तालमेलमा सत्ता गठबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी)ले पनि समर्थन गरेको उक्त पार्टीका जिल्ला अध्यक्ष कविन्द्र बिष्टले जानकारी दिए । एकीकृत समाजवादीले पनि प्रतिनिधिसभातर्फ मल्ल र प्रदेशसभातर्फ ‘ख’मा जोशीलाई समर्थन गर्ने जनाइएको हो ।

स्वतन्त्र उमेदवारी दिएका जोशी एकीकृत समाजवादीकै नेता हुन् । सत्ता गठबन्धनबाट टिकट नपाएपछि उनी स्वतन्त्र उमेदवार बनेका हुन् ।

डडेलधुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठ र प्रदेशसभातर्फ १२ उमेदवार चुनावी मैदानमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २९, २०७९  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro