site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
समानुपातिक सूचीमा शेखर पक्षका नेता राख्ने सहमति, प्रदेशको विवाद सुल्झिएन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ । आज बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन । 

Prabhu Bank
Agni Group
NIC Asia

"केन्द्रको करिब करिब टुंगिएको छ । भोलिसम्म प्रदेशको टुंगिन्छ," उनले भने ।

कति जना थपिने भन्नेबारे उनले खुलाएनन् । शेखर पक्षकले ४० प्रतिशत सिट पाउनुपर्ने बताउँदै आएको छ ।

Global Ime bank

बैठकले भोलि पनि निरन्तरता पाउने छ । अहिले पनि प्रदेशका लागि सहमतिको प्रयास भइरहेको उनले बताए ।

निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएको थियो । आफूहरूले सम्मानजनक संख्यामा सिट नपाए गठबनन्धविरुद्ध नै अभियान चलाउने उनीहरूको धम्की थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  २०:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय