site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पर्यटन दिवसमा लुम्बिनी आएका पर्यटकलाई स्वागत
Sarbottam CementSarbottam Cement

बुटवल । गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा ४३ औँ विश्व पर्यटन दिवस मनाइएको छ । लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघलगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन् । 

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रयले स्पेन, भियतनाम, हल्यान्ड, भारतबाट आएका बाह्य पर्यटकहरुलाई खादा लगाएर लुम्बिनीमा स्वागत गरका हुन् । शान्ति दीपमा स्वागत गर्दै पर्यटकहरुलाई मायादेवी मन्दिरसम्म स्थानीय सांस्कृतिक झाकीसहित भ्रमणका लागि लगिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

lumbini-tourist (3)1664272618.jpeg

पर्यटक स्वागत कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुुलपति बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताउँदै यसको प्रचार प्रसारमा सबै लाग्नुपर्ने बताए । उनले विदेशी पाहुनालाई स्वागत सत्कार गरेर पर्यटन दिवस मनाउन पाएकोमा खुसी व्यक्त गरे । 

Global Ime bank

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरु निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनाएको बताए । कोषले पर्यटकलाई भ्रमणका लागि टुर गाइडको व्यवस्था गरेको जानकारी दिँदै शाक्यले विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए । भने, “विगतमा कोभिड महामारीका कारण पर्यटकहरुको कमी थियो, अब पर्यटकहरु आउनेक्रम बढेको छ ।”

lumbini-tourist (2)1664272618.jpeg

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समयसम्म कोभिड महामारीका कारण पर्यटक भित्र्याउन नसकेको बताउँदै अब बिस्तारै त्यो माहोल बढ्दै गएको बताए । उनले लुम्बिनीमा पर्यटकहरुलाई लक्षित गरी विशेष प्याकेजका कार्यक्रमहरु समेत सञ्चालन गरिएको बताए । 

lumbini-tourist (6)1664272619.jpeg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय