site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पूर्वडीएसपी शर्मामाथि 'दुर्व्यवहार गर्ने' दुर्गा प्रसाईंका समर्थक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पूर्वप्रहरी नायव उपरीक्षक (डीएसपी) कृष्णप्रसाद शर्मामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाको टोलीले रसुवाका दिलबहादुर गंदाललाई पक्राउ गरेको हो ।

उनलाई शुक्रबार पक्राउ गरिएको गौशाला प्रहरीले जनाएको छ । शर्मालाई बेन्चमा बाँधेर जुत्ताको माला लगाएको भिडियो सार्वजनिक भएपछि दिलबहादुर पक्राउ परेका हुन् । उनको समूहले वैशाख ९ गते शर्मामाथि दुर्व्यवहार गरेको खुलेको छ ।

दुर्व्यवहार गर्ने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनका समर्थकले शर्मामाथि दुर्व्यवहार गरेका हुन् ।

अराजक अभिव्यक्तिका कारण प्रसाईं पछिल्लो समय विवादित बन्दै आएका छन् । प्रसाईंकै समर्थकले बैंक तथा वित्तीय संस्थामा समेत आक्रमण गर्न थालेका छन् । 

पछिल्लो समय उनीहरूले एभरेस्ट बैंक र ज्योती विकास बैंकसहितका कार्यालयमा ढुंगामुढा प्रहार गरेका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro