राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) लगायतका दलसँग तालमेलको तयारी गरेको छ ।
वार्ताका लागि वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय समिति अध्यक्ष महन्थ ठाकुरले गठन गरेका छन् ।
समितिमा नेताहरू शरदसिंह भण्डारी, अनिल कुमार झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल सदस्य रहेका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । निर्वाचनमा एमालेसँगै मधेस केन्द्रित दलहरूसँग लोसपाले छलफल गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ७, २०७९ १६:४८
प्रतिक्रिया दिनुहोस्