site stats
बाह्रखरी :: Baahrakhari
देश
बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भक्तपुर । सूर्यविनायक नगरपालिका–८ स्थित सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातितर्फ जाँदै गरेको बा १ प १५५१ नंको बसले ठक्कर दिदाँ एक पैदल यात्रुको मृत्यु भएको छ । 

बसको ठक्करबाट घाइते भएका भक्तपुर नगरपालिका–१ दूधपाटी बस्ने ७२ वर्षीया दिलमाया श्रेष्ठको सल्लाघारीस्थित डा. इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रहरीले ठक्कर दिने बस र चालक सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २९ वर्षीय विनोद कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  १७:०४
प्रतिक्रिया दिनुहोस्