site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षामन्त्री पौडेलको प्रश्न– परीक्षा दिएको वर्षदिनसम्म पनि नतिजा नआए के हुन्छ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न आलोचना भन्दा सामूहिक प्रत्यन आवश्यक रहेको बताएका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा आयोजित “विद्यालय तह परीक्षाको नतिजा : वर्तमान अवस्था र भावी कार्यदिशा” विषयक छलफलमा मन्त्री पौडेलले सामूहिक प्रत्यनबाट मात्र शिक्षामा सुधार हुने बताए । 

“पाइलैपिच्छे आलोचना गर्दै हिँडेर शिक्षा सुध्रिदैन,” उनले भने, “प्रध्यापक, शिक्षक, कर्मचारी नागरिक समाज सबैले सामूहिक प्रत्यन गरे शिक्षा सुधार हुन्छ ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

बच्चा जन्मिएपछि सबैभन्दा ठूलो समय शिक्षा संस्थामा बित्ने भएकाले तीन प्रकारका शिक्षा सुधार्न गम्भीर भएर लाग्नुपर्ने बताएकाे मन्त्री पौडेलको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । 

विद्यालय शिक्षालाई नियमन गर्न परीक्षा बोर्ड, उच्च शिक्षालाई नियमन गर्न विश्वविद्यालय र प्रावधिक तथा व्यावसायिक शिक्षा नियमन गर्न सीटीईभीटी रहेकाले थप सुधार गर्न विज्ञहरूको सुझाव आवश्यक रहेको औँल्याए ।

Royal Enfield Island Ad

विश्वविद्यालयका आंगिक क्याम्पसहरू शिक्षा विषयमा रुची नभएकाले भर्ना हुनेको संख्यामा कमि आएको बताउँदै उनले व्यवहारमुखी शिक्षाको आवश्यक रहेको बताए । विद्यालय शिक्षा सुधार्न क्यालेन्डर प्रणाली आवश्यक रहेकाले वैशाखदेखि क्यालेन्डर प्रणाली लागु हुने विश्वास व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro