site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डा. केसीलाई अल्सरको संकेत, विशिष्टीकृत अस्पताल रिफर गर्न सुझाव 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आठ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक भएपछि सेती प्रादेशिक अस्पतालले अन्यत्र रिफर गर्न सुझाव दिएको छ । अनसनको आठौँ दिनमा आइपुग्दा डा. कसीलाई श्वासप्रश्वासमा कठिनाइ हुने, प्रेसर तलमाथि हुने, दिसामा रगत हुनेजस्ता समस्या देखिएपछि अस्पतालले रिफरको सुझाव दिएको हो ।

“उहाँको अवस्था जटिल छ, जुनसुकै बेला जेसुकै पनि हुनसक्ने देखिएको छ, दिसामा समस्या भएकाले अलसर हो की भन्ने संकेत देखिन्छ । हामीले विशिष्टीकृत अलि धेरै विशेषज्ञहरू भएको अस्पतालमा लैजान सुझाव दिएका हौँ”, डा. केसीको उपचारमा संलग्न सेती प्रादेसशक अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले बाह्रखरीसँग भने । 

डा. केसीको अवस्था नाजुक भएकाले केही जटिलता भइहाले सेतीमा बचाउन जोखिम हुने डा. कमरको भनाइ छ । सात बुँदे माग राख्दै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा अनसनरत डा. केसी पक्ष र सरकार पक्षबीच वार्ता जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार भएको द्धीपक्षीय वार्ता निष्कर्सविहीन भएको थियो ।  आज १ बजेलाई तय गरिएको वार्ता शिक्षा सचिव रामकृष्ण सुवेदीको समय नमिलेका कारण अनौपचारिक छलफलमा मात्रै सीमित भएको डा. केसीका प्रेस संयोजक प्रितम सुवेदीले बताए ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय