काठमाडौं । नेपाली सेनाले दसैँलाई लक्षित गर्दै निःशुल्क यातायात सेवा प्रदान गर्ने भएको छ ।
दसैँमा घर जाने सेनाका बहालवाला सकलदर्जा तथा तिनका परिवारहरूलाई विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्न लागेको हो ।
भदौ २९ देखि असोज १८ सम्म सेनाले स्थल एवं हवाई माध्यमबाट सकलदर्जा तथा आश्रित परिवारहरूलाई आ–आफ्नो गन्तव्य स्थालसम्म पुर्याउने सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
अहिलेसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरू लाभान्वित भएका छन् । स्थलमाध्यमबाट पनि सेवा सञ्चालन हुनेछ ।
प्रधानसेनापति प्रभुराम शर्माले पदबहाली भएपछि सकल दर्जालाई गरेको सम्बोधनमा उल्लेख भएको सो कार्यक्रम कल्याणकारी सेवा–सुविधाहरू अन्तर्गत सञ्चालन गरिएको हो ।
गतवर्ष यस सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र स्थलमार्गबाट एक हजार ३४० जना गरी एक हजार ४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरू लाभान्वित भएका थिए ।