काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय समिति बैठक जारी छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ ।
प्रदेश र प्रतिनिधिसभा समानुपातिकतर्फ उमेदवारको सूचीलाई अन्तिम रुप दिन बैठक बसिरहेको हो ।
प्रदेश र प्रतिनिधिसभा समानुपातिक तर्फ देशभरबाट सात हजार बढी नाम केन्द्रमा आएको छ । ती नामध्येबाट ३३० जनाको सूचीलाई अन्तिम रुप दिन केही दिनदेखि कांग्रेसको बैठक जारी छ ।
बैठकको पहिलो दिन प्राप्त नामहरूलाई क्लस्टरिङ गर्ने जिम्मा सहमहामन्त्रीहरूलाई दिइएको थियो । त्यसपश्चात् लगातार बैठक बसे पनि सहमति हुन सकेको छैन ।
निर्वाचन आयोगको तालिकाअनुसार आज (आइतबार) र भोलि (सोमबार) समानुपातिक उमेदवारको बन्द सूची दलहरूले बुझाउनुपर्ने हुन्छ ।