राजनीति
काठमाडौं । संसदीय महाभियोग सिफारिस समितिको बैठकले फेरि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ ।
आजको बैठकमा कानुन व्यवसायीले दिएको बयानबारे भोलि जबरासँग सोधपुछ गर्न लागिएको हो । समितिले भोलि नै बयानको कामलाई सकाउने तयारी गरेको छ ।
आज बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसावीयले समितिलाई जवाफ दिएका थिए ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ३०, २०७९ १९:५८
प्रतिक्रिया दिनुहोस्