site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बैंकबाट आफ्नै पैसा झिक्न एक महिलाले बनाइन् कर्मचारीलाई बन्धक
Sarbottam CementSarbottam Cement

लेबनान (बेरुत) । लेबनानको राजधानी बेरुतस्थित एउटा बैंकमा एकजना महिलाले आफ्नो रोक्का गरिएको बचत खाताबाट पैसा झिक्न अनुमति लिनका लागि त्यहाँका कर्मचारीहरूलाई बन्दुक देखाएर बन्धक बनाएकी छन् । 

उनले आफ्नी बिरामी बहिनीको औषधोपचार खर्च तिर्नका लागि यो कदम उठाएकी हुन् । १३ हजार अमेरिकी डलर भुक्तान गरिएपछि उनी बैंकबाट हिँडेको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको तथ्य स्पष्ट हुन सकेको छैन ।

यस घटनापछि एकजना अर्को पुरुषले पनि एलीस्थित एउटा बैंकबाट आफ्नो बचत खाताबाट पैसा निकाल्न यस्तै उपाय अपनाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

आर्थिक समस्याका कारण बचत खाताबाट आफ्नै पैसा झिक्न पनि विभिन्न कडा नियमहरू लागु गरिएपछि लेबनानीहरूले आक्रोश व्यक्त गर्न थालेका छन् । 

लेबनानी पाउन्डको मूल्य झर्नुका साथै मुद्रा अवमूल्यन हुन थालेपछि सन् २०१९ देखि अधिकांश मानिसलाई बैंकबाट नगद निकाल्न कठिन परिस्थिति सिर्जना हुन थालेको हो ।

Global Ime bank

अहिले लेबनान विश्वकै सबैभन्दा बढी गरिबीबाट गुज्रिरहेका राष्ट्रहरूमध्ये एक भएको छ । यहाँका असी प्रतिशत भन्दा बढी जनसङख्या अति गरिबीबाट पीडित छन् । उनीहरूलाई खाद्यान्न र औषधि किन्न अहिले हम्मेहम्मे भइरहेको छ । 

बुधबार बेरुतको सोडेको क्षेत्रका ब्लोम बैंकको शाखामा भएको यो बन्धक प्रकरण एक घन्टा सम्म चलेको थियो । 
घटनाको क्रममा ती महिलाले आफ्नो लाइभ–स्ट्रिम भिडियो प्रशारण गर्दै आफ्नो परिवारको बचत खाताबाट पैसा झिक्न पाउनु पर्ने माग गरेकी थिइन् ।

पैसा भरिएको झोला पाएपछि ती महिलाले भनेकी थिइन्, “मेरो नाम स्याल्ली हाफेज हो । म यहाँ अस्पतालमा मर्न लागेकी मेरी बहिनीको बचत खातामा रहेको पैसा निकाल्न आएकी हुँ । म यहाँ कसैलाई मार्न र गोली चलाउन नभइ आफ्नो अधिकार दाबी गर्न आएकी हुँ ।” 

सुरक्षाकर्मी आइपुग्नु अघि नै उनी र उनका केही सहयोगी बैंकको पछिल्तिरको झ्यालबाट भाग्न सफल भएको बताइएको छ ।

बीबीसीबाट ।  

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय