site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुनावका कारण नेपाल ट्वान्टी–२० लिग सर्‍यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को महत्त्वकांक्षी प्रतियोगिता नेपाल ट्वान्टी–२० लिग डिसेम्बरमा मात्र हुने भएको छ । 

क्यानले गृह मन्त्रालयको आग्रहअनुसार प्रतियोगिता डिसेम्बरमा सार्नुपरेको जनाएको छ । आन्तरिक विवादका कारण अदालतसम्म पुगेको नेपाल ट्वान्टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तालिका थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तर, मंसिर चार गतेका लागि तय भएको संघ र प्रदेशको निर्वाचनका कारण गृह मन्त्रालयले प्रतियोगिताको सुरक्षा व्यवस्था गर्न नसक्ने भएको बताएपछि स्थगित भएको क्यानले जनाएको छ । 

प्रतियोगितामा ३३ विदेशी खेलाडीले प्रतिस्पर्धा गर्ने पक्का थियो । प्रतियोगितामा सहभागी हुने ६ फ्रेन्चाइज क्लबले दुई दिनको ड्राफ्ट प्रक्रियाबाट खेलाडी अनुबन्ध गरेका थिए । जसमा ६७ नेपाली खेलाडी थिए । 

Royal Enfield Island Ad

क्यानले प्रतियोगिताको ११ देखी ३१ डिसेम्बरसम्म गर्ने गरी नयाँ मिति तोकेको छ । प्रतियोगिताका लागि सहभागी सबै ६ फ्रेन्चाइज टिमको घोषणा भइसकेको छ । फ्रेन्चाइज टिममा फारवेस्टर्न युनाइटेड, पोखरा एभेन्जर्स, विराटनगर सुपरकिंग्स, लुम्बिनी अलस्टार, जनकपुर रोयल्स र काठमाडौं गोर्खाजले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

नेपाली कानुनीअनुसार प्रक्रिया नपुर्‍याएर जबरजस्ती भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिता आयोजनाको अधिकार दिइएको भन्दै क्यानको कार्यसमितिमै चर्को विवाद छ । त्यस्तै यसै विषयमा सर्वोच्च अदालत र अख्तियारमा समेत मुद्दा दायर भएको छ । 

नेपाल ट्वान्टी–२० लिगकै कारण राष्ट्रिय खेलकुद परिषदले गण्डकी प्रदेशमा हुने नवौँ वृहत राष्ट्रिय खेलकुदअन्तर्गतको क्रिकेट यही भदौ २३ गतेबाट काठमाडौंमा सुरु गरिसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  २१:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro