site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कानुनी उपचारमा सहयोग गर्न क्यानसँग सन्दीपको अपिल
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लागेपछि कानुनी उपचारमा सहयोग गरिदिन नेपाली क्रिकेट संघ (क्यान)सँग आग्रह गरेका छन् ।

एक १७ वर्षीया किशोरीले सन्दीपले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि उनले कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । हाल क्यारेबियन लिग क्रिकेटका लागि वेस्ट इन्डिजमा रहेका लामिछानेले क्यानसँगको फोनवार्तामा आफूले जबर्जस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्कने बताएको पनि जानकारी दिए ।

फोनवार्तामा क्रिकेटर लामिछानेले कानुनी उपचारका लागि ‘प्रोफाइलिस्ट लयर’ खोजिदिन आग्रह गरेको उनले बताए । उनले यसबारेमा आईसीसीले पनि चासो दिएको उल्लेख गरे । आईसीसीलाई पनि यसबारेमा जानकारी गराइएको उनले बताए ।

Royal Enfield Island Ad

“हिजो राति क्यानले नै सम्पर्क गर्‍यो । मैले नै सम्पर्क गरेँ । रेप केसमा एकजना युवतीले जाहेरी दिएको छ, तिमीलाई थाहा छ भन्दा मैले थाहा पाएको छु भन्यो । यसमा तिम्रो भनाइ के हो भन्दा मेरो त्यसमा कुनै संलग्नता छैन भन्ने किसिमको कुरा गर्‍यो । क्यानले सहयोग गर्नुपर्‍यो, कानुनी उपचारमा प्रोफाइलिस्ट लयर हायर गर्नुपर्छ भन्यो । म सीपीएल म्याच सकेर फर्किन्छु भन्यो । टिमले थाहा पाएको छ, तर खेल्नलाई समस्या छैन भन्यो,” सचिव मल्लले भने, “प्रहरीले हामीसँग सहयोग मागेको छैन । आईसीसीले चासो राखेको छ, मैले सबै ब्रिफ गरिसकेको छु । आईसीसीले के हुन सक्छ भन्यो । मैले केस लागेपछि त्यहीअनुसार, कानुनअनुसार दर्ता हुन्छ भन्यौँ । यसमा आईसीसी गम्भीर बनेको छ । मुद्दा परेको छ, पुलिसले आफ्नो अनुसन्धान गरिरहेको छ ।”

क्यानका तर्फबाट सचिव मल्लले क्रिकेटर लामिछानेसित बुधबार राति घटनाका बारेमा जानकारी लिएका थिए । त्यतिखेर सन्दीपले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको उल्लेख गरेका क्यानले जनाएको छ । एजेन्सी/एनएएन

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro