site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
 खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध छ : मन्त्री गहतराज
SkywellSkywell

काठमाडौं । खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल भलिबल संघको नवौँ चुनावी साधारणसभा उद्घाटन गर्दै मन्त्री गहतराजले खेल क्षेत्रलाई विद्यालय तहबाट नै विकास गर्नका लागि सरकार प्रतिवद्ध रहेको बताए । 

Dabur Nepal
NIC Asia

उनले एक विद्यालय एक पूर्वाधार सरकारको प्राथमिकतामा रहेको र एक पालिका एक खेल ग्रामको कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने जानकारी दिए । त्यस्तै, सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार बनाउने योजना सरकारको रहेको बताए । 

मन्त्री गहतराजले अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीलाई प्रोत्साहन स्वरुप पुरस्कार दिने कामलाई वर्तमान सरकारले दीर्घकालीन रुप दिएको दाबी गरे । भलिबल खेलको विकासका लागि पनि एकतावद्ध भएर काम गर्न उनले संघलाई सुझाव दिए । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले भलिबलको ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छुट्टै कभर्ड हल बनाउनका लागि विभिन्न तीन स्थानको अध्ययन भइरहेको जानकारी दिए । 

संघको चुनावी साधारण सभाले चार वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्ष निरोज मास्के र महासचिव जितेन्द्र चन्द चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । संघको केन्द्रीय निर्वाचनमा १३१ जना मतदाता रहेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  १४:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu