site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भुटानविरुद्ध नेपालको सम्भावित ११, दुईजनाको डेब्यु सम्भावना 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालले आज तुलनात्मक रूपमा कमजोर मानिएको भुटानविरुद्ध खेल्दै साफ महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले भुटान भने भुटानलाई कमजोर नआक्ने बताएका छन् । 

थापाले दोस्रोपटक महिला टोलीको प्रशिक्षण सम्हालेका हुन् । थापाको पहिलो प्रशिक्षण कालमा नेपालको यात्रा सेमिफाइनलमै टुंगिएको थियो । २०१६ मा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो । थापाले यो दोस्रो अवसरलाई खेर जान नदिने बताएका छन् । 

महिला साफमा नेपाल र भुटान तीनपटक आमनेसामने भएका छन् । पाकिस्तानमा सम्पन्न २०१४ र भारतमा सम्पन्न २०१६ को संस्करणमा नेपालले भुटानलाई समान ८–० ले हराएको थियो । नेपालमै सम्पन्न २०१९ को संस्करणमा भने नेपाल ३–० ले विजयी भएको थियो । त्यसमध्ये सावित्रा भण्डारीले मात्रै ८ गोल गरेकी छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनै सावित्राले आज पनि नेपालको अग्रपंक्ति सम्हाल्नेछिन् । सावित्रालाई आज अनिता केसी र अमिषा कार्कीले साथ दिने सम्भावना छ । त्यसो भएमा अमिषाले आज डेब्यु गर्नेछिन् । 

नेपालको गोलपोस्ट कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले सम्हाल्नेछिन् । एन्जिलाले पनि कप्तानका रुपमा डेब्यु गर्नेछिन् । नियमित कप्तान रेनुका नगरकोटी घाइते पछि कप्तानीको जिम्मेवारी एन्जिलाको काँधमा आएको हो । 

Royal Enfield Island Ad

मध्यपंक्तिमा अनुभवी अनिता बस्नेतलाई सरु लिम्बु र दीपा शाहीले साथ दिने सम्भावना छ । त्यसो भएमा दीपा शाहीले पनि डेब्यु गर्नेछिन् । रक्षापंक्तिमा पुनम जर्घामगर, अमृता जैशी, हिराकुमारी भुजेल र गिता रानाको सम्भावना छ । 

नेपालको सम्भावित टिम

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा (कप्तान)

रक्षक : पुनम जर्घामगर, अमृता जैशी, हिराकुमारी भुजेल, गिता राना 

मिडफिल्डर : अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, 

फरवार्ड : अमिषा कार्की, सावित्रा भण्डारी, अनिता केसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २१, २०७९  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro