देश
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजङ गुरुङलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।
गुरुङकी श्रीमती लक्ष्मी गुरुङले सोमबार सो रिट दर्ता गरेकी हुन् ।
पर्यटनमन्त्री श्रेष्ठ भिसाका लागि छाया सेन्टर पुग्दा त्यहाँका सुरक्षागार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेपछि विवाद भएको थियो । विवादपछि उनलाई पक्राउ गरिएको थियो ।
यसैबीच उनलाई रिहाइ गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिइसकेका छन् ।
रिटमा सुनुवाई हुन अघि नै गुरुङ थुनामुक्त भए बन्दी प्रत्यक्षीकरणको रिटको औचित्य समाप्त हुन्छ ।
प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९ १७:५८
प्रतिक्रिया दिनुहोस्