site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
रूस, चीन र भारतको संयुक्त युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी
Sarbottam CementSarbottam Cement

मस्को । रूस, चीन र भारतको त्रिपक्षीय सैन्य युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी हुने भएका छन् । 

युक्रेनमा आफ्नो आक्रमणलाई लिएर अमेरिका र यसका सहयोगीहरूले आफूलाई एक्लो पार्न गरेको प्रयासविरूद्ध रूसले चीन र भारतसँग बिहीबारदेखि ठूलो सैन्य अभ्यास गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त सैन्य अभ्यासमा भारतीय सेनामा कार्यरत गोर्खा सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ । अमेरिकाले भारतलाई रक्षा साझेदार बनाउन खोजेको छ र युक्रेनको युद्धमा रूसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूलाई कमजोर नगर्न आग्रह गर्दै आएको छ । 

यस्तोमा नयाँ दिल्लीले अभ्यासका लागि गोर्खा सैनिकसहित ७५ सदस्यीय टोली पठाएको ब्लुमबर्गले टिप्पणी गरेको छ । जसमा भारतीय नौसेना र वायु सेनाका अधिकारीहरुको पनि सहभागिता रहनेछ । 

Global Ime bank

रूसमा सञ्चालन हुने साताव्यापी ‘भोस्तोक–२०२२’ युद्ध खेलमा १४० भन्दा बढी विमान र ६० वटा युद्धपोतसहित ५० हजारभन्दा बढी सेना सहभागी हुनेछन् । उक्त अभ्यासमा नौसैनिक अभ्यास ‘सी अफ जापान’मा आयोजना गरिनुका साथै पाँच हजार थान सैन्य उपकरण प्रयोग हुने रूसी सेनाले जनाएको छ ।

नियमित अभ्यास भनिएको उक्त कार्यक्रममा संघाई कोअपरेसन अर्गनाइजेसन र पूर्वसोभियत गणराज्यहरुको संगठन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनले संगठनका सदस्य राष्ट्रहरू र साझेदारहरूलाई एकसाथ ल्याउन लागेको हो ।

यसअघि, अभ्यासमा सहभागी भइसकेको भारतले रूस–युक्रेन युद्धमा रूसको पक्ष लिनबाट जोगिँदै आएको छ । त्यसो त रूस भारतको मुख्य हतियार आपूर्तिकर्ता पनि हो । 

यता, बेइजिङस्थित रक्षा मन्त्रालयले सैन्य समन्वयलाई सुदृढ पार्ने उद्देश्यका साथ अभ्यासमा चीनको सेना, वायु र जलसेनाले भाग लिएको जनाएको छ । चिनियाँ कम्युनिष्ट पार्टी समर्थित ग्लोबल टाइम्सले यस वर्षको अभ्यास विशेष गरी प्रशान्त क्षेत्रमा अमेरिकाबाट हुने सम्भावित खतराहरूमा केन्द्रित हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC