site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं मल नै अवैध रूपमा निर्माण, अब दुई तला पार्किङ प्रयोजनमा ल्याइने !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको सुनधारास्थित काठमाडौं मल अवैध रूपमा निर्माण भएको पाइएको छ । मल काठमाडौं महानगरपालिकाबाट नक्सा पास नै नगरी निर्माण भएको पाइएको हो ।

महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार भवन निर्माण हुने बेला दुई तलामा पार्किङ गर्ने भनी नक्सा पासका लागि पठाइएको थियो  । “तर, सो नक्सा पास हुन सकेन । त्यसपछि मल सञ्चालकले दुई तलामा पार्किङ प्रयोजन गर्नुपर्ने कुरालाई सच्याएर एक तलामात्रै पार्किङ प्रयोजनमा ल्याउने भन्दै महानगरमा संशोधन पठाएको थियो,” उनले भने, “एक तलामा मात्रै पार्किङ गर्ने भन्ने नक्सा पास पनि महानगरबाट भएन ।”

Prabhu Bank
Agni Group
NIC Asia

आज महानगर र मल सञ्चालक समितिको बैठकले दुवै तला पार्किङ प्रयोजनमा ल्याउन सहमति गरेको जनाइएको छ । मलको पहिलो तलामा पसलहरू सञ्चालनमा छन् । ती पसलहरू हटाएर पार्किङकै प्रयोजनमा ल्याउन लागिएको आचार्यले बताए ।

दुई तला पार्किङका लागि पहिले पेस भएको नक्सा पास अनुसार नै दुई तला पार्किङ प्रयोजनका लागि खालि गराइने महानगरले जनाएको छ । सञ्चयकोषको स्वामित्वमा रहेको भुइँतला र बेसमेन्ट पार्किङ प्रयोजनका लागि सञ्चालक समितिले अर्को निर्णय गर्नेछ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement