site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फिफाले भारतीय फुटबल महासंघमाथिको प्रतिबन्ध हटायो
Siddhartha BankSiddhartha Bank

जुरिच । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)माथिको निलम्बन फुकुवा गरेको छ ।

स्वीट्जरल्यान्डको जुरिचमा भएको फिफाको बैठकले भारतीय फुटबल महासंघमाथिको निलम्बन फुकुवा गरेसँगै अक्टोबर ११ देखि ३० सम्म आयोजना हुने फिफा यू–१७ महिला विश्वकप २०२२ लाई पूर्वनिर्धारित कार्यक्रमानुसार भारतमा आयोजना गर्न सकिने भएको फिफाले शुक्रबार जानकारी गराएको हो ।

Agni Group
NIC Asia

फिफाको कार्यकारी समिति ब्युरो अफ द काउन्सिलले एआईएफएफमाथिको निलम्बन तत्काल कार्यान्वयन हुने गरीे फुकुवा गर्ने निर्णय गरेको थियो । योसँगै सन् २०२२ को अक्टोबर ११ देखि ३० सम्म हुने फिफा यू–१७ महिला विश्वकप २०२२ भारतमा आयोजना गर्न सकिने फिफाले जनाएको छ ।

एआईएफएफलाई चुनाव गराउने दिशामा अपनाइने अर्को कदमहरूको सम्बन्धमा चाँडै नै थप पत्राचार गरिने फिफाले जनाएको छ । “फिफा र एएफसीले स्थितिको निगरानी जारी राख्नेछन् र एआईएफएफको समयमै निर्वाचन गर्न सहकार्य गर्नेछन्,” फिफाको विज्ञप्तिमा भनिएको छ ।

Global Ime bank

फिफाले एआईएफएफको कार्यकारी समितिको अधिकार ग्रहण गर्न गठन गरिएको प्रशासकहरूको समितिको म्यान्डेट समाप्त भएको र एआईएफएफ प्रशासनले एआईएफएफको दैनिक मामिलामा पूर्ण नियन्त्रण प्राप्त गरेको पुष्टि गरेपछि यो निर्णय लिइएको थियो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu