site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिया कप क्रिकेट : भारत र पाकिस्तानको समूहमा 'कमजोर' हङकङ, अन्य टिमको अवस्था कस्तो ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चार वर्षको अन्तरालपछि एसिया कप युनाइटेड अरब इमिरेट्स (यूएई)मा शुक्रबारदेखि हुँदैछ । बुधबार राति हङकङले यूएईलाई आठ विकेटले हराउँदै प्रतियोगितामा स्थान पक्का गरेपछि एसिया कप खेल्ने ६ टिमको पनि टुंगो लागेको हो । 

यससँगै एसियाका उत्कृष्ट टिम भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, र हङकङले भदौ ११ गतेदेखि २६ गतेसम्म प्रतिस्पर्धा एसिया कपमा गर्दैछन् । टी-२० स्वरुपमा खेलाइने प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा हङकङ, भारत र पाकिस्तान छन् । समूह ‘बी’मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । 

दुई समूहका विजेता र उपविजेताले सुपर-४ मा स्थान बनाउनेछन् । सुपर-४ मा चार टिमले राउण्ड रोविन लिगअनुसार प्रतिस्पर्धा गर्नेछन् । सुपर-४ को शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि भिड्नेछन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सहभागी टिमबारे विस्तृतमा: 

india1661507929.jpg

Royal Enfield Island Ad

भारत 
भारत यस प्रतियोगिताको सदाबहार उपाधि दाबेदार हो । साथै, भारत साविक विजेता टोली पनि हो । भारतले २०१८ मा यूएईमै बंगलादेशलाई हराउँदै उपाधि उचालेको थियो । भारत प्रतियोगितामा ७ पटकको विजेता हो । त्यस्तै, भारत अहिले आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयताको शीर्ष स्थानमा रहेको टिम हो । 

भारतले एसिया कपअघि वेष्ट इन्डिज, इंग्ल्यान्ड र आयरल्यान्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको थियो । त्यस्तै, दक्षिण अफ्रिकाविरुद्धको शृंखला बराबरीमा सकिएको थियो । 

तीव्र गतिका बलर जसप्रित बुमराहको अनुपस्थिति कप्तान रोहित शर्माका लागि सबैभन्दा चिन्ताको विषय हो । बुमराह चोटका कारण टिममा छैनन् । उनको अनुपस्थितिमा भारतको तीव्र गति बलिङको नेतृत्व भुवनेश्वर कुमार, आभाष खान र अर्शदीप सिंहको काँधमा आएको छ । आभाष, अर्शदीपमा अनुभवको कमी छ । दुवैले यसै वर्षमात्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका हुन् । 

ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव अहिले उच्च लयमा छन् । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व वरीयताको दोस्रो नम्बरमा छन् । उनले इंग्ल्यान्डविरुद्ध करियरकै पहिलो टी-२० अन्तर्राष्ट्रिय शतक बनाउन सफल भएका थिए । सूर्यकुमार भारतको मध्यपंक्तिमा दरिलो खम्बा हुन् । टिममा पूर्वकप्तान विराट कोहली, कप्तान रोहित शर्मा, अलराउन्डर हार्दिक पाण्डेय, दीपक हुडा, केएल राहुल, रिषभ पन्तलगायत खेलाडीको उपस्थितिमा भारतले जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता राख्छ । 

Pakistan (1)1661507928.jpg

पाकिस्तान
आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतामा पाकिस्तान तेस्रो नम्बरमा छ । पाकिस्तानलाई अनुमान गर्न नसकिने टिमका रुपमा हेरिन्छ । पाकिस्तानले त्यहीअनुसारको छवि बनाएको छ । तर, पछिल्लो समय पाकिस्तानले एकरुपको प्रदर्शनलाई निरन्तरता दिएको छ । पाकिस्तान पनि विश्वका जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता राख्दछ । 

पाकिस्तान र भारतबीचको तनावपूर्ण सम्बन्धका कारण खेलमा पनि यी दुई टिमबीचको खेललाई विशेष रुपमा हेरिन्छ । एसिया कपमा पनि दुई टोलीले समूह चरणमै प्रतिस्पर्धा गर्दैछन् ।
 
कप्तान बाबर आजम र मोहम्मद रिजवान आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयताको पहिलो र तेस्रो स्थानमा छन् । दुई ब्याट्सम्यानले टिमलाई राम्रो सुरुआत दिन सक्छन् । 

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभवको कमी र बलर शाहीन शाह अफ्रिदीको अनुपस्थिति पाकिस्तानको मुख्य चिन्ताको विषय हो । पाकिस्तानले यो वर्ष एकमात्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेको छ, अष्ट्रेलियाविरुद्ध । तीव्र गतिका बलर अफ्रिदी घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन् । अफ्रिदीको अनुपस्थिति पाकिस्तानका लागि महँगो पर्न सक्छ ।

Srilanka1661507930.jpg

श्रीलंका 
श्रीलंका आईसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयताको आठौँ स्थानमा छ । एसियामा भने भारत र पाकिस्तानपछि श्रीलंका तेस्रो स्थानमा छ । आर्थिक र राजनीतिक संकटबाट गुज्रिएको श्रीलंकन क्रिकेट टिमलाई राम्रो प्रदर्शन गर्दै समर्थकलाई खुसी दिनुपर्ने अभिभारा छ । कप्तान डुसान शनका र उनको टिम पनि महादेशीय उपाधि जित्दै श्रीलंकनलाई उत्प्रेरित गर्नुका साथै केही आशा दिलाउन चाहन्छन् ।

श्रीलंकन क्रिकेट टिममा अलराउन्डरको बाहुल्यता छ । कप्तान शनकासहित टिममा पाँच अलराउन्डर छन् । त्यस्तै, स्पिनरद्वय वानिन्दु हसरंगा र महिश थिकसाना पनि टिममा महत्वपूर्ण छन् । उनीहरुले आफूलाई टी-२० क्रिकेटमा पनि अब्बल बनाउँदै आएका छन् । टी-२० अन्तर्राष्ट्रिय वरीयतामा हसरंगा छैटौँ स्थानमा छन् भने थिकसाना नवौँ स्थानमा छन् ।
 
श्रीलंकालाई पनि चिन्ताको विषय भनेको टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लय समाउन नसक्नु हो । श्रीलंकाले यो वर्ष अष्ट्रेलियाविरुद्ध दुई खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेलेको छ भने भारतसँग एक खेल खेलेको थियो । तीनै खेलमा श्रीलंका पराजित भएको थियो । यसका बाबजुद पनि श्रीलंकन टोलीलाई यसपटक एसियन कपको उपाधि जित्नुपर्ने दबाब छ ।

टी-२० अन्तर्राष्ट्रिय वरीयताको छैटौँ स्थानमा रहेका हसरंगा टिमका महत्वपूर्ण खेलाडी हुन् । स्पिनर हसरंगा दक्षिण अफ्रिकाका तब्रिज शाम्सीसँगै धेरै विकेट लिनेको शीर्ष स्थानमा छन् । यूएईमै सम्पन्न २०२१ को आईसीसी टी-२० विश्वकपमा ह्याट्रिक विकेट लिन सफल हसरंगाले ब्याटिङमा पनि राम्रो प्रदर्शन गर्न सक्छन् । 

Bangladesh1661507930.jpg

बंगलादेश
बंगलादेश विश्व वरीयतामा श्रीलंकाभन्दा पछाडि नवौँ स्थानमा छ । बंगलादेशले पछिल्लो दुई संस्करणमा आफूलाई ‘सरप्राइज प्याकेज’का रुपमा प्रस्तुत गरेको छ । २०१६ मा एसिया कप टी-२० स्वरुपमा खेलाइँदा बंगलादेश उपविजेता बनेको थियो । दुई वर्षपछि एकदिवसीय स्वरुपमा खेलाइएको एसिया कपमा पनि बंगलादेशले फाइनलमा स्थान बनाउन सफल भएको थियो । के ‘बंगला टाइगर’ लगातार तेस्रोपटक उपाधिका लागि खेल्छ त ? भन्ने प्रश्न सबैको मुखमा छ ।

अनुभवी शाकीब अल हसन पुनः कप्तानको जिम्मेवारीमा फर्किएका छन् । र, उनी टी-२० विश्वकपसम्मै कप्तानको भूमिकामा रहनेछन् । त्यसोत बंगलादेशका नेतृत्व गर्न सक्ने थुप्रै खेलाडी छन् । त्यसकारण शाकीबले माहुदुल्लाह र मुश्फिकर रहिमबाट साथ पाउनेछन् । टिममा शाकीबको भूमिका महत्वपूर्ण हुनेछ । अलराउन्डर शाकीबको प्रदर्शनले टिमको नतिजा पनि फरक पार्नेछ । 

बंगलादेशले यो वर्ष कुनै टी-२० अन्तर्राष्ट्रिय श्रृंखला जित्न सकेको छैन । अफगानिस्तानविरुद्धको श्रृंखला बराबरीमा सकिएको थियो भने वेष्ट इन्डिज र जिम्बाब्वेविरुद्धको श्रृंखलामा पराजित भएको थियो ।

Afghanistan1661507929.jpg

अफगानिस्तान
अफगानिस्तानका खेलाडीहरु अहिले विश्वभर भएका शीर्ष टी-२० लिगमा व्यस्त छन् । जसका कारण उनीहरुसँग ट्वान्टी-२० क्रिकेटको प्रशस्त अनुभव छ । उनीहरुले टिमका रुपमा पनि ‘सरप्राइज’ नतिजा दिइरहेका छन् । आईसीसी टी-२० वरीयतामा पनि अफगानिस्तान दशौँ स्थानमा छ ।
 
अफगानिस्तानमा राम्रा स्पिनरहरुको बाहुल्य छ । विश्व चर्चित रशीद खान, कप्तान मोहम्मद नाबी, मुजीब रहमान र १७ वर्षे नूर अहमदले जुनसुकै खेल जिताउन सक्ने क्षमता राख्छन् । रशीद अहिले विश्वकै उत्कृष्ट स्पिनरमध्येमा पर्छन् । उनी विश्व वरीयताको पाँचौँ स्थानमा छन् । लेग स्पिनर रशीद विश्वका उत्कृष्ट ब्याट्सम्यानका लागि पनि चुनौती हुन् ।

अफगानिस्तान पछिल्लो समय आयरल्यान्डविरुद्ध खेलेको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलामा ३-२ ले पराजित भएको थियो । पहिलो दुई खेल हारेर पनि अफगानिस्तानले लगातार दुई खेल जित्दै श्रृंखलामा २-२ को बराबरी गरेको थियो । तर, वर्षाले प्रभावित अन्तिम खेल भने अफगानिस्तानले जित्न सकेन । जिम्बाब्वेविरुद्धको शृंखला क्लिनस्विप गरेको अफगानिस्तानले बंगलादेशविरुद्धको शृंखला भने बराबरीमा टुंग्याएको थियो ।

Hong Kong1661507928.jpg

हङकङ
हङकङ छनोट चरण पार गरेर एसियन कप खेल्न लागेको टोली हो । २४ अगष्टमा ओमानमा सम्पन्न छनोट खेलमा यूएईमाथि आठ विकेटको रवाफिलो नतिजा निकाल्दै हङकङले एसिया कपमा स्थान बनाएको हो । छनोट चरणमा हङकङले यूएईलाई हराउनुअघि सिंगापुर र कुवेतलाई पनि समान आठ विकेटको नतिजामा पराजित गरेको थियो ।
 
हङकङलाई एसिया कप खेल्न पाउनु एक अवसर हो । आईसीसी टी-२० वरीयतामा हङकङ २३ औँ स्थानमा छ । र, प्रतियोगिताको समूह ‘ए’मा रहेको हङकङले पहिलो खेलमै उपाधि दाबेदार भारतविरुद्ध प्रतिस्पर्धा गर्नुपर्नेछ । अर्को खेलमा पाकिस्तानसँग खेल्नेछ । त्यसकारण हकङकका लागि प्रतियोगिता सहभागितामा सीमित हुने सम्भावना प्रबल छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro