site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
केन्याविरुद्ध नेपाल ५ विकेटले विजयी 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वरीयाता सुधार गर्ने लक्ष्यका केन्या भ्रमणमा निस्किएको नेपाली टोलीले बिहीबार पाँच विकेटको विजय हासिल गरेको छ । यससँगै नयाँ प्रशिशक्षक मनोज प्रभाकरले विजयी नतिजासहित आफ्नो कार्यकालको सुरुआत गरेका छन् । 

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । त्यसपछि ब्याटिङ थालेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य नेपालले चार बल बाँकी हुँदा पाँच विकेट गुमाएर पूरा गरेको हो । 

जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले १–० को अग्रता बनाएको छ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र केन्याबीच भएको यो पहिलो खेल हो । यससँगै नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले पनि नेपालबाट पहिलो खेलमा विजय हासिल गरेको छ । 

Agni Group
NIC Asia

Nepali Cricket vs Kenya (1)1661441421.jpg

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सबैभन्दा धेरै ३३ रन बनाए । आरिफ शेखले अविजित २४ रन जोडे । राष्ट्रिय टोलीमा पुनरागमन गरेका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले २३ रन जोड्दा आसिफ शेखले १९ रन बनाए । ओपनिङमा आएका पवन सर्राफ एक रनमा पवेलियन फर्किए भने आदिल अन्सारी २ रनमा अविजित रहे । उप कप्तान रोहितकुमार पौडेलले १३ रन बनाए । 

Global Ime bank

केन्याका लुकास ओलुओच र भिराज पटेलले समान २ विकेट लिए । नेहिमिहा ओधियाम्बोले १ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको केन्याका लागि इरफान करिमले सबैभन्दा धेरै ३४ रन बनाए । ओलुओचले अविजित ३१ रन बनाउँदा नेल्सन ओधियाम्बोले १९ रन बनाए । सचिन भुडियाले १७ तथा कोलिन्स ओबुयाले १२ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

Nepali Cricket vs Kenya (2)1661441421.jpg

नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए । आदिल र दीपेन्द्रसिंहको नाममा १/१ विकेट रह्यो ।

अब नेपालले दोस्रो खेल शुक्रबार खेल्नेछ । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट पछि नेपालले केन्यामा तीन खेलको एकदिवसीय शृंखला खेल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९  २१:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय