site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टीकापुर घटनाको सात वर्ष : थारु समुदायका दुई फरक कार्यक्रम
Tiktok banner adTiktok banner ad

धनगढी । कैलालीका लागि भदौ ७ ‘कालो दिन’का रूपमा बुझिन्छ । वि.सं. २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एसएसपीसहित सातजनाले ज्यान गुमाएका थिए । ६ प्रहरी र एक नाबालकले ज्यान गुमाएका हुन् । कैयौँ स्थानीयका घर तोडफोड गरियो ।

त्यो घटनाले टीकापुरमा थारु र पहाडी समुदायबीच विभाजन ल्यायो । तर, अहिले स्थिति फरक भइसकेको छ । सामाजिक परिवेश क्रमशः सामान्य बन्दै गएको छ । भदौ ७ गते विभिन्न कार्यक्रम गर्ने गरिन्छ ।

टीकापुर घटनाको सात वर्ष बितेको छ । यो वर्ष भदौ ७ का सम्बन्धमा थारु समुदाय दुई समूहमा विभाजित भयो । एक समूहले ‘विद्रोह दिवस’का रूपमा मनायो । थारु समुदायकै अर्को समूहले ‘२०७२ को टीकापुर घटना स्मरण दिवस’का रूपमा सम्झियो ।

थारु कल्याणकारिणी सभा, थारु विद्यार्थी समाज र थारुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा ‘विद्रोह दिवस’ नामकरण गरी कार्यक्रम गरे । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ‘२०७२ को घटना स्मरण दिवस’का रूपमा मनायो । दुवैले टीकापुरमा कार्यक्रम गरे । तर, फरक–फरक स्थानमा ।

tkp 11661319292.jpg

‘विद्रोह दिवस’को कार्यक्रम भानुचोकमा आयोजना गरियो । नागरिक उन्मुक्तिको पार्टी कार्यालयमा स्मरण दिवस मनाइयो । दुवै कार्यक्रमका प्रमुख अतिथि ‘राजबन्दी’ परिवारका सदस्यहरूलाई बनाइएको थियो । दुवै कार्यक्रममा थारु समुदायका मुद्दा सम्बोधन हुनुपर्ने माग गरियो । दुवै कार्यक्रममा स्थानीय राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए ।

संयुक्त रूपमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू डा. रणबहादुर रावल, रामजनम चौधरी र जनकराज चौधरी तथा नेकपा (माओवादी केन्द्र)का नेपबहादुर चौधरी र तिलक परियारलगायत नेताको सहभागिता थियो ।

नागरिक उन्मुक्ति पार्टीको कार्यक्रममा सो पार्टीका नेताहरू मात्र थिए ।

अघिल्ला वर्षमा भदौ ७ को कार्यक्रममा खासै तँछाड मछाड हुने गरेको थिएन । यो वर्ष आउँदो मंसिरमा निर्वाचन हुने भएपछि यस दिनलाई सबैले महत्त्व दिएका हुन् ।

गएको स्थानीय तह निर्वाचनमा कैलालीका चार पालिकामा नागरिक उन्मुक्ति पार्टीले सफलता हासिल गरेको थियो ।

भदौ ७ गतेको घटनामा मुछिएका रेशम चौधरीलगायत व्यक्तिले जेल जीवन बिताइरहेका छन् ।

टीकापुरमा भदौ ७ गते सहिद भएका बालक टेकबहादुर साउद स्मृति केन्द्रले पनि मगंलबार सातौँ साधारणसभा गर्‍यो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल प्रमुख अतिथि र टीकापुर नगर प्रमुख रामलाल डगौरा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९  ११:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro