site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मलेसियाका पूर्वप्रधानमन्त्री रजाक १२ वर्षका लागि जेल चलान 
Sarbottam CementSarbottam Cement

क्वालालम्पुर । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई १२ वर्ष कैद भुक्तान गर्न जेल चलान गरिएको छ । 

उक्त सजाय मिनाहाका लागि उनले गरेको अपिल उच्च अदालतले अस्वीकार गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

६९ वर्षीय रजाकलाई सरकारी स्वामित्वमा रहेको सम्पत्ति कोष १ मलेसिया डेभलपमेन्ट बर्हाड (१ एमडीबी)मा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गरिएको हो । 

सन् २०२० को जुलाईमा अभियुक्त ठहराइएका उनी अपिल दर्ता गरी जमानतमा रिहा भएका थिए । अदालतले आफ्नो सजाय कार्यान्वयनमा ढिलाइ गर्न उनले गरेको अन्तिम अनुरोध पनि अदालतले अस्वीकार गरेको छ । 

Global Ime bank

उनले अहिलेसम्म पनि आफूले कुनै गलत काम नगरेको अडान दोहोर्‍याउँदै आएका छन् । 

सन् २०२० मा कुल ९४ लाख अमेरिकी डलर १एमडीबीको पूर्व इकाइ एसआरसी इन्टरनेसनलबाट आफ्नो निजी खातामा सारिएको अभियोगमा आधारित मुद्दामा सातवटा घटनामा दोषी ठहर गरिएको थियो । 

स्रोत : बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  २१:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement