काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक संसद्बाट जस्ताको त्यस्तै पारित हुने बताएका छन् । शनिबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१० मा नेपाल टेलिकमको फाइबर नेट सेवाको शुभारम्भ गर्दै उनले यस्तो बएका हुन् ।
संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएको विधेयक फिर्ता आए पनि पुनः पठाइने उनले बताए । उनले योपटक भने नागरिकता विधेयक जस्ताको त्यस्तै पारित हुनेमा विश्वस्त रहेको बताए ।
मन्त्री कार्कीले राष्ट्रपति र संसद् टकरावतिर लाग्न नहुने भन्दै सद्भाव र आन्तरिक एकतालाई अझ मजबुत गरेर जानुपर्नेमा जोड दिए ।
उनले चाँडै नै राष्ट्रियसभाबाट समेत विधेयक पारित भएपछि नागरिकताविहीनको समस्या अन्त्य हुने बताए ।