फोटो फिचर
काठमाडौं । भक्तपुरमा नारायण दीप यात्रा मनाइएको छ । स्थानीयले कृष्ण जन्माष्टमीको अवसरमा नारायण दीप यात्रा पर्व मनाएका हुन् ।
स्थानीय बालक तथा युवाहरूले आफ्नो हात, काँध र टाउकोमा दीप बालेर न्यातपोल, भक्तपुर दरबार स्क्वायर हुँदै नगर परिक्रमा गरेका थिए । यात्रा भक्तपुरको दत्तात्रयस्थित नारायण मन्दिरबाट सुरु भएको थियो ।
यो पर्व यात्रा गाईजात्राको चौथो दिन पर्छ ।
तस्बिरहरू : सुनिल प्रधान र अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: शुक्रबार, भदौ ३, २०७९ १९:००
प्रतिक्रिया दिनुहोस्