
काठमाडौं । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरूले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उड्छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छ । तानातान, ठेलामठेल, धकेलाधकेल जस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके । तर, पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरूको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । कतिपय संसद्का दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । एकातिर संसदीय विषयमा छलफल अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरू गफिएका देखिन्छन् भने कोही फोनमा ब्यस्त त कोही निदाइरहेका पनि । संसद बैठकका धेरै समय कुर्सीहरू खाली हुन्छन् । सांसदहरू फोन र गफमा व्यस्त अनि निन्द्रमा मस्त ।

तस्बिरहरू : न्युज एजेन्सी नेपाल