site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामीसँग १० वर्षमा भलिबललाई कहाँ पुर्‍याउने स्पष्ट खाका छ : मास्के
SkywellSkywell

काठमाडौं । बिच भलिबल भन्नेबित्तिकैै दिमागमा झट्ट आउँछ, समुद्री किनार । अझ केही व्यक्तिको दिमागमा विकिनी पनि ।

तर, समुद्र नै नभएको नेपालमा समुद्री किनार ! नेपाली संस्कारमा विकिनीको त कुरै भएन । तैपनि, यहाँ बिच भलिबल खेलिन्छ । र, यो फस्टाउँदो क्रममा छ । यसको श्रेय जान्छ, निरोज मास्केलाई । जसले नेपालमा बिच भलिबलको परिकल्पना गरिन् । यसलाई स्थापित गराइन् ।

अर्को भलिबलजस्तो लोकप्रिय नहुन सक्छ । तर, अन्तर्राष्ट्रिय पदक भित्र्याउनेमा मास्के विश्वस्त छिन् ।

KFC Island Ad
NIC Asia

विदेश जाँदा बिच भलिबल खेलेको देख्दा मास्केलाई अचम्म लागेको थियो । रमाइलो पनि । त्यसपछि बिच भलिबलले मास्केको दिमागमा राम्रै जरा गाड्यो । एक दिन सौराहाको राप्ती किनारमा टहलिरहँदा मास्केको दिमागमा फेरि बिच भलिबल ‘क्लिक’ भयो । साँझमा देखिने त्यहाँको मनोरम वातावरणले मास्केलाई जगायो । उनलाई लाग्यो– आहा ! यहाँ बिच भलिबल सम्भव छ ।

Niruz Maskey (3)1660129843.JPG

Royal Enfield Island Ad

हात्तीपोलो खेल हेर्नका लागि मास्के सौराहा पुगेकी थिइन् । त्यसै क्रममा साँझ राप्ती किनारमा टहलिँदा त्यहाँको मनोरम वातावरणले मोहित बनायो । त्यही बेला अठोट पनि गरिन्– अब यहाँ बिच भलिबल गर्नुपर्छ ।

भलिबल संघमा महिला कमिसनको संयोजक रहेकी उनले काठमाडौं फर्किएपछि योजना बनाइन् । आफ्नै संयोजन र लगानीमा बिच भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिन् । त्यहीँबाट नेपालमा बिच भलिबलको संस्थागत सुरुआत भयो ।

उक्त प्रतियोगिताले छैटौँ संस्करण पार गरिसकेको छ । त्यसपछि भलिबल संघमा मास्केको सक्रियता अझै बढ्यो । सक्रियताको पारो उकालो लाग्दै गर्दा इमानदारिताले सबैको मन जितिन् । सदस्यबाट कोषाध्यक्ष पदमा निर्वाचित भइन् । संघको कोषलाई वैज्ञानिक ढंगले व्यवस्थित गरिन् । त्यसपछि उपाध्यक्ष बनिन् । अहिले देशको भलिबल हाँक्ने नेपाल भलिबल संघको अध्यक्ष पदमा आफ्नो दाबेदारी पेस गरेकी छन् ।

आउँदो भदौ २२ गते हुने निर्वाचानमा मास्केलाई चुनौती दिन आजको मितिसम्म कोही खडा भएका छैनन् । हालका महासचिव जितेन्द्र चन्दले उमेदवारी दिने चर्चा छ । तर, उनी त्यो सम्भावना देख्दिनन् । मिलेर जानुपर्नेमा उनको जोड छ । आफ्नै टिममा बसेर काम गर्न आग्रह गर्छिन् ।

Niruz Maskey (6)1660129867.JPG

“हामी सबै भलिबल विकासका लागि भनेर अघि बढिरहेका छौँ । मैले आफ्नो उमेदवारी घोषणा गर्दा केही एजेन्डा प्रस्तुत गरेको थिएँ । त्यो मेरो मात्र होइन, सबैको साझा हो । सबैको एक मात्र लक्ष्य भलिबलको विकास हो,” मास्केले सम्भावित सम्भावनाबारे भनिन्, “त्यसकारण सबैले मलाई सहयोग गर्नुहुन्छ भन्ने लाग्छ । आगामी निर्वाचनमा प्रतिद्वन्द्वी हुन्छ जस्तो मलाई लाग्दैन ।”

पहिलोपटक २०६२/६३ सालमा दार्चुलाबाट प्रतिनिधि हुँदै संघको साधारणसभामा सहभागी भएकी थिइन् । त्यति बेला मास्के घरकै कामकाजमा व्यस्त थिइन् । हरिसिंह धामीले उनलाई दार्चुलाबाट प्रतिनिधि बनाइदिए । भोट हाल्न भनेर आएकी उनी भारी मतसहित विजयी हुँदै केन्द्रीय सदस्य भएर फर्किइन् ।

“महिला प्रतिनिधि कम भएकाले उमेदवारी दिएँ । नतिजा आउँदा भारी मतले विजयी भएछु,” मास्के थप्छिन्, “घरमा बस्नुभन्दा आफूलाई मन पर्ने खेलमा लाग्नु राम्रो हुन्छ भन्ने लाग्यो । त्यसपछि म भलिबलमै व्यस्त भएँ । आज यहाँ छु ।”

मास्के खेलाडी पनि हुन् । विद्यालयमा हुँदा भलिबल खेलेकी थिइन् । वीरेन्द्र रनिङ शिल्डसम्म आइपुगिन् । मनमा खेल्ने हुटहुटी हुँदाहुँदै पनि उनले त्योभन्दा माथिल्लो स्तरमा भने खेल्न सकिनन् । तर, व्यवस्थापनमा मास्के केन्द्रीय अध्यक्ष पदमा दाबी गर्ने भएकी छन् ।

१० कक्षा पढ्दै गर्दा ०४६ सालमा उनी विवाह बन्धनमा बाँधिइन् । जसका कारण खेलाडी करियरले बिट मार्‍यो । तर, संयोग– घरतिर पनि वातावरण खेलकुदमय थियो । उनका श्रीमान् सञ्जय मास्के पाल्पामा फुटबल प्रतियोगिताहरू आयोजना गर्थे । त्यो पनि स्थानीयस्तरको होइन, ठूलै प्रतियोगिता ।

“तानसेनमा खेल्नका लागि काठमाडौंबाट राजु शाक्यहरू जानुहुन्थ्यो । त्यति मात्र होइन, भारतका विभिन्न ठाउँबाट पनि राम्रा–राम्रा खेलाडी भएका टिमहरू आउँथे,” मास्के भन्छिन्, “घरपरिवारले पनि खेल क्षेत्रमा काम गरेको भएर मलाई पनि भलिबलमा लाग्न गर्न सहज भयो । निरन्तरता दिन सकेँ ।”

Niruz Maskey (2)1660129931.JPG

सबै कुरा राम्रोसँग बितिरहेको थियो । तर, एक्कासि उनको खुसीमा बज्रपात भयो । ०५५ सालमा एउटा कार दुर्घटनामा पर्‍यो । त्यसमा सवार सबैको निधन भयो । मास्केले आफ्नो सबैभन्दा नजिकको मान्छे गुमाइन् । आड–भरोसा गुमाइन् ।

“संसार नै सकिएजस्तो भएको थियो । त्यो समय कति कठिन थियो भनेर कसरी भन्न सक्छु र !,” मास्केले आफ्नो वियोग सम्झिइन्, “तर, के गर्नु दुई बच्चा सानै थिए ।”

उनका दुई सन्तान अहिले हुर्किइसकेका छन् । आफ्नो खुट्टामा उभिन सक्ने भइसकेका छन् । छोरीले अमेरिकाबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गरिसकेकी छन् । र, त्यहीँ जागिरे पनि । छोराले पनि अमेरिकाबाटै स्नातकसम्मको अध्ययन सकाइसकेका छन् ।

मास्केको उमेदवारी घोषणा कार्यक्रममा पूर्वअध्यक्ष दानबहादुर तामाङले भनेका थिए, “अंग्रेजीमा एउटा भनाइ छ, ‘सूर्यजस्तै चम्किने हो भने पहिले सूर्यजस्तै जल्नुपर्छ ।’ भलिबलमा निरोजजी धेरै जलिसक्नुभयो । उहाँले आफ्नो परिवार, बालबच्चा केही नभनी भलिबल, भलिबल भनेर लाग्नुभयो । काम गर्नुभयो । अब उहाँको चम्किने दिन आएको छ, सूर्य जस्तै ।”

Niruz Maskey (5)1660129987.JPG

उपाध्यक्षमा निर्वाचित भएपछि मास्केले भलिबलका हरेक कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरिन् । भलिबल खेलको इतिहासमा पहिलोपटक फ्रेन्चाइज प्रतियोगिता ‘नेपाल सुपर लिग’को औपचारिक सम्झौता गर्न नेतृत्वदायी भूमिका खेलिन् ।

उनले उमेदवारी घोषणा गर्दा २३ बुँदे सैद्धान्तिक प्रतिबद्धता पेस गरेकी छन् । प्रतिबद्धता कार्यान्वयनका लागि मास्केले स्रोतको जोहो गर्ने योजना समेत पेस गरेकी छन् । झट्ट हेर्दा उनका योजना महत्त्वाकांक्षी देखिन्छन् । तर, मास्के इच्छाशक्ति हुने हो भने त्यो सामान्य भएको बताउँछिन् ।

मास्के विजयी भए नेपाली भलिबल कहाँ पुग्छ त ?
“यो राष्ट्रिय खेल हो । यसलाई राष्ट्रियस्तरमै चलायमान बनाउनेछौँ । हामीसँग सर्ट टर्म, मिड टर्म र लङ टर्म प्लान छ । अबका १० वर्षमा भलिबललाई कहाँ पुर्‍याउने भन्ने स्पष्ट खाका छ,” उनले भनिन्, “खेलाडी उत्पादनका लागि ग्रासरुट कार्यक्रमदेखि राष्ट्रिय टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त बनाउने, प्रशिक्षण दिनेलगायत योजना छन् । म एक्लैले गर्ने पनि होइन । टिम छ । टिमले काम गर्ने हो । अब भलिबलमा सबै व्यस्त हुने समय आउँछ ।”

मास्केले पेस गरेको २३ बुँदे सैद्धान्तिक प्रतिबद्धता–
– ग्रासरूट, विद्यालय, युथ र सिनियर गरी विभिन्न तहका भलिबल टिमको निर्माण गर्ने,
– विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रीयस्तरमा नियमित प्रतियोगिताको आयोजना गर्ने, लिग भलिबललाई प्रदेशसम्म लैजाने,
– रेफ्री, प्रशिक्षक, प्राविधिकलगायत जनशक्ति जिल्लादेखि केन्द्रसम्म उत्पादन गर्ने,
– भलिबल खेलको पूर्वाधारमा सरकार, निजी क्षेत्र र गैरआवासीय नेपाली संघ (एनआरएनए)को लगानीलाई प्राथमिकता दिने,
– केन्द्रमा भलिबलको आफ्नै कभर्डहल निर्माण र सातै प्रदेशमा भलिबलको पूर्वाधार र एकेडेमी निर्माण र सञ्चालन गर्ने, 
– क्यालेन्डरसहित वर्षभरि घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबललाई व्यस्त राख्ने,
– राष्ट्रिय/अन्तर्राष्ट्रिय एक्सपोजर दिएर नेपाललाई दक्षिण एसियामा बलियो राष्ट्रिय भलिबल टिम बनाउने,
– राजनीतिक दल, प्रशासनिक निकाय, व्यावसायिक नेतृत्व र संघ–संस्थासँग सहकार्य गर्ने,
– भलिबलको संस्थागत विकास गर्न संघका विभिन्न संरचनाभित्र आर्थिक र प्रशासनिक सुशासन कायम गर्ने,
– ७५३ पालिकास्तरमै भलिबलमा सरकारी र निजी संलग्नता एवं साझेदारीका लागि क्षमता विकास गर्ने,
– राष्ट्रिय र अन्तर्राष्ट्रिय रणनीतिक साझेदारलाई नेपाली भलिबलसँग समन्वय गर्ने,
– कूटनीतिक क्षेत्र एवं सम्बद्ध पक्षहरूसँग सहकार्यका लागि पहल गर्ने,
– निजी र व्यावसायिक क्षेत्रको प्रवेश गराउन परियोजना निर्माणमा जोड दिने,
– केन्द्र, प्रदेश र जिल्ला भलिबलमा गर्नुपर्ने कार्यको स्पष्टतासहितको बलियो पारदर्शी संयन्त्रको स्थापना गर्ने,
– भलिबललाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउने र व्यवसायीकरणमा जोड दिने,
– बिच, हाई अल्टिच्युड भलिबललाई प्राथमिकतामा राख्दै भलिबलको विविधिकरणमा जोड दिने,
– भलिबलको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक योजना तर्जुमा गर्ने,
– महिला सशक्तिकरण, सामाजिक सद्भाव र एकता तथा राष्ट्रिय गौरवका लागि भलिबल अभियान सञ्चालन गर्ने,
– देशबाहिरका भलिबलप्रेमी समर्थक र शुभेच्छुकलाई खेल र संघसँग जोड्ने,
– भलिबल खेललाई विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने,
– अध्ययन, अनुसन्धान तथा एकीकृत सूचना प्रणालीमार्फत सञ्चार क्षेत्रसँग नियमित संवाद,
– आगामी चार वर्षमा कम्तीमा चार लाख नेपालीलाई भलिबलको सञ्जालमा जोड्ने,
– प्रदेश, जिल्ला र क्लबको पूर्वधार र प्रतियोगितामा सहयोग गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  १६:५१
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro