site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जबरासँग बयान लिनुपर्छ : सांसद सुवाल
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)की सांसद चाँदतारा कुमारीले न्यायपालिकाको भ्रष्टाचार, विकृति र विसंगति हटाउन महाअभियोग लगाउनुपरेको बताएकी छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफलका क्रममा उनले जबराले संवैधानिक जिम्मेवारीको दुरुपयोग गरेको आरोप लगाइन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जबराले असंवैधानिक काम गरेको भन्दै सर्वोच्च अदालतमा बिचौलियालाई प्रवेश गराएका कारण पनि महाअभियोग आवश्यक भएको उनको तर्क छ ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले जबराविरुद्धको महाअभियोग प्रस्ताव सत्तापक्ष र प्रतिपक्षको साझा भएको बताइन् । उनले जबरामाथि महाअभियोग लगाउनुको विकल्प नभएको जिकिर गरिन् ।

Royal Enfield Island Ad

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले जबरासँग उनीमाथि लागेको आरोपका सम्बन्धमा बयान लिनुपर्ने बताए । उनले महाअभियोगको सिकार भएका प्रधानन्यायाधीशको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना भएको र प्रधानमन्त्री नियुक्त भएको भन्दै यसमा नैतिक प्रश्न उठेको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २२, २०७९  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro