site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सामाजिक सुरक्षा कोषमा एक हजार २७३ बैंक तथा वित्तीय संस्था आबद्ध, वाणिज्य बैंक १२ मात्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । सामाजिक सुरक्षा कोष स्थापनाका भएको चार वर्ष पुग्दा एक हजार २७३ बैंक तथा वित्तीय संस्था कोषमा आबद्ध भएका छन् ।

स्थापना भएयता कोषले संगठित संस्थालाई आबद्ध हुन पटक–पटक आग्रह गर्दै आएको भए पनि सुरुवाती वर्षमा बैंक तथा वित्तीय संस्था कोषमा आबद्ध हुन मानेका थिएनन् । तर, पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको आबद्धता बढ्दै गएको कोषका प्रवक्ता विवेक पन्थीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कोषको यही साउन १५ गतेसम्मको तथ्यांकानुसार वाणिज्य बैंक १२, विकास बैंक तीन, वित्त कम्पनी १४, बिमा कम्पनी ३६, लघुवित्त कम्पनी ४८, ब्रोकर कम्पनी ५५ र फाइनान्स कम्पनी एक हजार २५ कोषमा सूचीकृत भएका छन् । यी सूचीकृत कम्पनीबाट २३ हजार ५६० कर्मचारीहरू आबद्ध भएको पन्थीको भनाइ छ ।

हाल देशभर २६ वाणिज्य बैंक छन् । तर, बाँकी वाणिज्य बैंकहरू कोषमा आबद्ध हुन नमानेको स्रोत बताउँछ ।

Global Ime bank

“बाहिर बजारमा बैंक तथा वित्तीय संस्था कोषमा आबद्ध नभएको हल्ला चलाइएको छ । तर, त्यस्तै हैन । बैंक तथा वित्तीय संस्था आबद्ध हुने क्रम बढिरहेको छ,” उनले भने, “हालसम्म एक हजार २७३ बैंक तथा वित्तीय संस्था कोषमा आबद्ध भइसकेका छन् । हामीले योगदानकर्तालक्षित योजनाहरू पनि ल्याइरहेका छौँ । त्यसले पनि आबद्धता अझै बढ्ने देखिन्छ ।”

यी बैंक तथा वित्तीय संस्थाबाट कोषमा दुई अर्ब पाँच करोड ७५ लाख रुपैयाँ योगदान रकम जम्मा भएको पन्थीले जानकारी दिए ।

साउन १७ गतेसम्म १७ हजार २४१ रोजगारदाता र तीन लाख ५० हजार ७८१ जना योगदानकर्ता कोषमा आबद्ध भएका छन् । यी योगदानकर्ता र रोजगारदातामार्फत कोषमा २१ अर्ब ९२ करोड रुपैयाँ जम्मा भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १४:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement