काठमाडौं । सर्लाहीमा हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । हरिपुर्वा नगरपालिका–३ बस्ने १९ वर्षीय सुशीला रायको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा हरिपुर्वा नगरपालिका–३ धनकौल बस्ने १९ वर्षीय कृष्ण भन्ने विश्वजित यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।
साउन १३ गते बेलुकाबाट हराई बेपत्ता भएका रायको खोजी गर्ने क्रममा सोमबार बिहान सोही ठाउँस्थित राष्ट्रिय आधारभुत विद्यालय धनकौलको कम्पाउण्डको पुरानो शौचालयको सेफ्टी ट्यांकीमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको थियो ।
अनुसन्धानको क्रममा घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।