काठमाडौं । काठमाडौं उपत्यकाको जनसंख्या ६० लाखभन्दा माथि छ । त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् । ४० लाख मानिसले हिँड्का लागि फुटपाथको प्रयोग गर्छन् । त्यही फुटपाथ पनि अतिक्रमणका लागि हानथाप हुन्छ ।
दृष्टि भएकाहरूलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला ? काठमाडौं उपत्यकाका सडकपेटीहरू सुरक्षित भई ढुक्कसँग हिँड्नयोग्य छैनन् । यहाँका फुटपाथमा पाइलापाइलामा अनगिन्ती अवरोध छन् । खाल्टाखुल्टी, फोहोर यत्रतत्र भेटिन्छन् ।
धेरै ठाउँमा फुटपाथ नहुँदा सडकबाटै हिँड्नुपर्ने बाध्यता छ । सडकमा भएका फुटपाथ पनि साँघुरा छन् । अव्यवस्थित पार्किङले पनि सडकपेटीहरू भरिभराउ हुन्छन् । कतिपय सडकपेटीमा नै बालुवा, तार गिटी अर्थात् निर्माणका सामग्री छरपस्ट हुन्छन् ।
थप तस्बिर हेर्नोस्–