
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीले शनिबार बैठक बसी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
नाउपा अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठले सभामुख देवराज घिमिरेलाई भेट गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी थिइन् । सभामुखको सचिवालयले दिएको जानकारीअनुसार संसद् सचिवालयका महासचिवकहाँ फिर्ताको पत्र दर्ता भइसकेको छ ।
सरकारलाई दिएको समर्थन फिर्तासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी पनि सरकारबाट फिर्ता हुने भएका छन् ।
नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अब सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानमा रहेको व्यवस्थाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।
यस्तो छ व्यवस्था