site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अरू सबै प्रदेशको नामाकरण भइसके पनि प्रदेश नम्बर १ को भने अझै न्वारन हुन सकेन । प्रदेश सभा सदस्यहरूलाई मतदातालाई कसरी मुख देखाउने भनेर लाज लागेको होला ।

मूलतः प्रदेशको नामाकरण पहिचानका आधारमा गर्ने कि भूगोलको भन्ने विवादले नै नाम टुङ्याउन नसकिएको देखिन्छ । बाँकी प्रदेश लगभग सबैको भूगोलको आधारमा नामाकरण भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संविधानले प्रदेशको नामाकरण प्रदेश सभाको दुई तिहाइ बहुमतले गर्नसक्ने व्यवस्था गरेको छ । प्रदेश नम्बर १ मा भने नामाकरणको विषयलाई अहिलेसम्म मतदानको चरणसम्मै पुर्‍याइएन । 

नामाकरणका आधारमा प्रदेश १ को जनमत निकै विभाजित देखियो । चर्को विभाजनका कारक पनि राजनीतिक दलका नेता, कार्यकर्ता नै हुन् । यिनैले झोसेको विभाजनको आगो अहिले दन्किएको हो । 

Global Ime bank

विवादका कारण निर्णय गर्न नसक्ने अवस्थामा पुगेका प्रदेश सभाका सदस्यहरू  नामाकरणका लागि जनमत संग्रह गर्ने माग गर्न थालेका छन् । जनमत संग्रहमा पुग्नु अर्को भूल र नालायकी हुनेछ ।

सर्वसम्मतिबाट निर्णय हुन नसके प्रदेश सभाको बहुमतलाई नै आधार मानेर नामाकरण गरे हुन्छ । त्यस्तो मतदानमा दलहरूको ह्विप नलगाई प्रदेश सभाका सदस्यले स्वतन्त्ररूपमा गोप्य मत दिने  व्यवस्था हुनुपर्छ ।

गोप्य मतदानमा सबैभन्दा बढी मत पाउने नामहरूका बीचमा पुनः मतदान गरेर बहुमत पाउने नामलाई सबैले सहजरूपमा स्वीकार गर्नु लोकतान्त्रिक हुनेछ । गोप्य मतदान भएमा प्रदेश सभा सदस्यले कसैको घुर्की र धम्की सुन्नु पनि पर्नेछैन ।

यसैले अर्को प्रदेश सभाले नामाकरणमै अल्झिन नपर्ने र नामाकरणजस्तो विषयलाई दलगत राजनीतिक स्वार्थको विषय बनाउन नदिने हो भने गोप्य मतदानबाट प्रदेशको नाम राख्नु नै  उत्तम उपाय देखिन्छ । प्रदेश सभाका सदस्यहरूलाई  नामाकरण पनि गर्न नसक्ने ‘नालायक’ को कलङ्क बोकेर बस्ने चाहना नभए गोप्य मतदानबाट निर्णय गरून् !
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ९, २०७९  १२:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC